क्रोएसियासँगको हारबारे इङ्ल्यान्डका प्रशिक्षकले यसो भने
हामीले पहिलो हाफमा उत्कृष्ट खेल खेल्यौं। पहिलो हाफमै हामीले अर्को गोल पनि गर्न सक्थ्यौं। गोलका लागि खेलाडीले धेरै कोसिस पनि गरेका थिए। तर, त्यो सम्भव भएन। नकआउट चरणमा पाएका अवसरलाई सदुपयोग गर्नु महत्वपूर्ण हुन्छ। यस हिसाबमा हामीले राम्रो प्रदर्शन गर्न सकेनौं।
हामीले यो हारबाट पाठ सिक्नै पर्ने हुन्छ। हामी अब सबैथोक रुसमै छोडेर जाँदैछौं। जुन कुरा हासिल गर्यौं हामीले त्यसैमा गर्व गर्नुपर्छ। खेलाडीले आफ्नो तर्फबाट पूर्ण रूपमा प्रयास गरे। रुस विश्वकपको यात्रा हाम्रा लागि सानदार रह्यो। २८ वर्षपछि सेमिफाइनलमा पुग्न सफल भयौं। तर, हामीले यो कुरा बिर्सनु हुँदैन कि हार भनेको हार नै हो। यसले लामो समयसम्म हामीलाई पिरोलिरहन्छ।
-गारेथ साउथगेट, इङ्ल्यान्डका प्रशिक्षक