फलफूलका बिरुवाबाट लाखाैं आम्दानी
बैतडी ः दशरथचन्द नगरपालिका १ का किसानले बर्खे फलफूलका बिरुवा बेचेर लाखौं आम्दानी गरेका छन् । व्यावसायिकरूपमा फलफूलका नर्सरी बनाएका किसानले बिरुवा बेचेरै लाखौं आम्दानी गर्न सफल भएका हुन् । दशरथचन्द नगरपालिका १ मा १८ वटा निजी नर्सरी छन् । निजी नर्सरी सञ्चालक किसानले नर्सरीमा हिउँदे तथा बर्खे फलफूलका बोटविरुवा राख्ने गरेका छन् ।
‘मेरो नर्सरीबाट सुुन्तला जातका दुुई हजारभन्दा बढी बिरुवा बिक्री गरेँ । यस्तै अन्य बर्खे फलफूलका बिरुवा बिक्री गरेर एक लाखको हाराहारीमा कमाई गरेँ’, किसान पूर्णानन्दभट्टले भने, ‘अन्य वर्षको तुुलनामा फलफूलका बिरुवाको माग बढी आयो । त्यसैले नर्सरी राखेका सबै फलफूलका बिरुवा बिक्री भए ।’
बर्खे फलफूलका बिरुवा बेचेर यो वर्ष राम्रो आम्दानी भएको किसान परमानन्द भट्टले बताए । उनले भने, ‘मैले मेरो नर्सरीमा सुुन्तला, कागती, अमिलो, जुुनार र अनारका बोटहरु राखेको थिएँ । यो वर्ष सबै बिक्री हुुँदा एक लाखको हाराहारीमा कमाई भयो । घरपरिवार सञ्चालन गर्न नर्सरीले नै धानेको छ ।’
दशरथचन्द नगरपालिका १ मा रहेका निजी नर्सरीबाट बैतडीमात्रै नभएर देशका अन्य ठाउँमा समेत फलफूलका बिरुवा बिक्री हुुने गरेको किसान देवदत्त भट्टले बताए । उनले भने, ‘हाम्रो मुुख्य पेसा फलफूलका बिरुवा उत्पादन गर्ने नै हो । हाम्रो वडामा १८ भन्दा बढी निजी नर्सरी दर्ता छन् । ती नर्सरीमा उत्पादन गरिएका फलफूलका बिरुवाबाटै हामीले घरपरिवार चलाइरहेका छौं ।’
दशरथचन्द नगरपालिका १ का किसानले आफ्ना नर्सरीमा उत्पादन गरेका फलफूलका बिरुवाको माग देशका अन्य ठाउँमा पनि हुुने गरेको सुुक्खा फलफूल विकास केन्द्र सतबाँझका प्रमुुख लक्ष्मीदत्त पाण्डेयले बताए । उनले भने, ‘किसानले उत्पादन गरेका बिरुवाको बजारीकरणमा हामीले पनि सहयोग गरिरहेका छौं । विभिन्न कृषि कार्यालय, गैरसरकारी संघसंस्थाले हामीसँग सम्पर्क गर्छन् । हामीले किसानसँग सम्पर्क गराइदिन्छौं । यहाँ उत्पादित बर्खे फलफूलका बिरुवा धेरै ठाउँमा बिक्री हुुन्छन् ।’
किसानलाई नर्सरीमा फलफूल बिरुवा उत्पादन गर्ने सीप हस्तान्तरण गरेसँगै किसानको जीविकोपार्जनमा सुुधार आएको प्रमुुख पाण्डेयले दाबी गरे । उनले भने, ‘हामीले किसानलाई फलफूलका बिरुवा उत्पादन गर्ने तालिम धेरै पहिलादेखि दिँदै आएका छौं । जे होस् तालिमको परिणाम देखिएको छ । फलफूलका बिरुवा बिक्री गरेर किसानले राम्रो आम्दानी गरेका छन् ।’
बैतडीबाट वार्षिक रूपमा हिउँदे र बर्खे गरेर साढे तीनलाखभन्दा बढी फलफूलका बिरुवा बिक्री हुुने गरेको सुुक्खा फलफूल विकास केन्द्र सतबाँझले जनाएको छ । केन्द्रले २० हजारको हाराहारीमा बिरुवा बिक्री गर्छ भने बाँकी किसानको नर्सरीबाट बिक्री हुुने गर्छ । एक वर्षमा जिल्लाबाट एक करोडभन्दा बढी मूल्यका फलफूलका बिरुवा बिक्री हुुने गरेको सुुक्खा फलफूल विकास केन्द्रका प्राविधिक अर्जुुन खड्काले बताए ।