फलफूलका बिरुवाबाट लाखाैं आम्दानी

फलफूलका बिरुवाबाट लाखाैं आम्दानी

बैतडी ः दशरथचन्द नगरपालिका १ का किसानले बर्खे फलफूलका बिरुवा बेचेर लाखौं आम्दानी गरेका छन् । व्यावसायिकरूपमा फलफूलका नर्सरी बनाएका किसानले बिरुवा बेचेरै लाखौं आम्दानी गर्न सफल भएका हुन् । दशरथचन्द नगरपालिका १ मा १८ वटा निजी नर्सरी छन् । निजी नर्सरी सञ्चालक किसानले नर्सरीमा हिउँदे तथा बर्खे फलफूलका बोटविरुवा राख्ने गरेका छन् ।

‘मेरो नर्सरीबाट सुुन्तला जातका दुुई हजारभन्दा बढी बिरुवा बिक्री गरेँ । यस्तै अन्य बर्खे फलफूलका बिरुवा बिक्री गरेर एक लाखको हाराहारीमा कमाई गरेँ’, किसान पूर्णानन्दभट्टले भने, ‘अन्य वर्षको तुुलनामा फलफूलका बिरुवाको माग बढी आयो । त्यसैले नर्सरी राखेका सबै फलफूलका बिरुवा बिक्री भए ।’

बर्खे फलफूलका बिरुवा बेचेर यो वर्ष राम्रो आम्दानी भएको किसान परमानन्द भट्टले बताए । उनले भने, ‘मैले मेरो नर्सरीमा सुुन्तला, कागती, अमिलो, जुुनार र अनारका बोटहरु राखेको थिएँ । यो वर्ष सबै बिक्री हुुँदा एक लाखको हाराहारीमा कमाई भयो । घरपरिवार सञ्चालन गर्न नर्सरीले नै धानेको छ ।’

दशरथचन्द नगरपालिका १ मा रहेका निजी नर्सरीबाट बैतडीमात्रै नभएर देशका अन्य ठाउँमा समेत फलफूलका बिरुवा बिक्री हुुने गरेको किसान देवदत्त भट्टले बताए । उनले भने, ‘हाम्रो मुुख्य पेसा फलफूलका बिरुवा उत्पादन गर्ने नै हो । हाम्रो वडामा १८ भन्दा बढी निजी नर्सरी दर्ता छन् । ती नर्सरीमा उत्पादन गरिएका फलफूलका बिरुवाबाटै हामीले घरपरिवार चलाइरहेका छौं ।’

दशरथचन्द नगरपालिका १ का किसानले आफ्ना नर्सरीमा उत्पादन गरेका फलफूलका बिरुवाको माग देशका अन्य ठाउँमा पनि हुुने गरेको सुुक्खा फलफूल विकास केन्द्र सतबाँझका प्रमुुख लक्ष्मीदत्त पाण्डेयले बताए । उनले भने, ‘किसानले उत्पादन गरेका बिरुवाको बजारीकरणमा हामीले पनि सहयोग गरिरहेका छौं । विभिन्न कृषि कार्यालय, गैरसरकारी संघसंस्थाले हामीसँग सम्पर्क गर्छन् । हामीले किसानसँग सम्पर्क गराइदिन्छौं । यहाँ उत्पादित बर्खे फलफूलका बिरुवा धेरै ठाउँमा बिक्री हुुन्छन् ।’

किसानलाई नर्सरीमा फलफूल बिरुवा उत्पादन गर्ने सीप हस्तान्तरण गरेसँगै किसानको जीविकोपार्जनमा सुुधार आएको प्रमुुख पाण्डेयले दाबी गरे । उनले भने, ‘हामीले किसानलाई फलफूलका बिरुवा उत्पादन गर्ने तालिम धेरै पहिलादेखि दिँदै आएका छौं । जे होस् तालिमको परिणाम देखिएको छ । फलफूलका बिरुवा बिक्री गरेर किसानले राम्रो आम्दानी गरेका छन् ।’

बैतडीबाट वार्षिक रूपमा हिउँदे र बर्खे गरेर साढे तीनलाखभन्दा बढी फलफूलका बिरुवा बिक्री हुुने गरेको सुुक्खा फलफूल विकास केन्द्र सतबाँझले जनाएको छ । केन्द्रले २० हजारको हाराहारीमा बिरुवा बिक्री गर्छ भने बाँकी किसानको नर्सरीबाट बिक्री हुुने गर्छ । एक वर्षमा जिल्लाबाट एक करोडभन्दा बढी मूल्यका फलफूलका बिरुवा बिक्री हुुने गरेको सुुक्खा फलफूल विकास केन्द्रका प्राविधिक अर्जुुन खड्काले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.