स्टार फुटबलरका गर्लफ्रेन्ड चर्चा

स्टार फुटबलरका गर्लफ्रेन्ड चर्चा

रुसमा सञ्चालन भइरहेको २१औं विश्वकप फुटबलमा संसार डुबिरहेको छ। दर्शक आआफ्नो टिमको समर्थन गरिरहेका छन् भने खेलाडीले पनि आफ्नो प्रभाव र क्षमता देखाइरहेका छन्। विश्व फुटबलको कुम्भमेलामा संसार डुबिरहेका बेला स्टार खेलाडीका श्रीमती र गर्लफ्रेन्डलाई लिएर पनि खुबै चर्चा भइरहेको छ। रंगशालामा पुगेर आफ्ना श्रीमान् र ब्वायफ्रेन्डलाई हौस्याउँदै आएका उनीहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पनि निकै छाइरहेका छन्।

नेमार र ब्रुनो माक्र्युजिने

रुस विश्वकपमा चर्चामा रहेका खेलाडीमध्ये एक हुन्, ब्राजिलियन स्टार नेमार। सर्वाधिक महँगा खेलाडी उनी फुटबलका साथै आफ्नो गर्लफ्रेन्डलाई लिएर पनि उत्तिकै चर्चामा छन्। नेमार आफ्नै देशकी अभिनेत्री तथा सुपर मोडल ब्रुनो माक्र्युजिनेसँग डेटिङमा छन्। फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)मा कीर्तिमानी रकममा अनुबन्ध भएका नेमार रुसमा जारी विश्वकप खेल्छन् कि खेल्दैनन् भन्ने द्विविधा थियो। पीएसजीमा रहँदा खुट्टा फ्याक्चर भएर लामो समय मैदानबाहिर रहेका नेमार अन्ततः विश्वकपका लागि फिट भए र मैदानमा उत्रिए। विश्वकपमा नेमार भिन्न हेयर स्टाइलमा उत्रिए थिए। उनले यो हेयर स्टाइल पनि ब्रुनोकै आग्रहमा बनाएका हुन्।

विश्वकपमा होमिनुअघि उनकी गर्लफ्रेन्ड ब्रुनोले इन्स्टाग्राममा एक सन्देश लेखेकी थिइन्, ‘जो मैले तिमीलाई भनेको थिएँ, त्यसलाई याद राख र मजबुद र साहसी बन। निराशा तिम्रो लागि होइन, तिमी जहाँ जान्छौ ईश्वर तिम्रो साथमा हुनेछन्।’

रंगशाला पुगेर आफ्ना श्रीमान्-ब्वायफ्रेन्डलाई हौस्याउँदै आएका स्टार खेलाडीका श्रीमती-गर्लफ्रेन्ड सञ्चारमाध्यममा छाइरहेका छन्।

नेमार मैदानभित्र हुँदा होस् या मैदानबाहिर रहँदा; उनलाई सधैं साथ दिइरहिन् उनकी प्रेमिका ब्रुनोले। नेमार-ब्रुनोको भेट सन् २०१२ मा ब्राजिलको राजधानी रियो दी जेनेरियोमा भएको थियो। त्यसपछि उनीहरू लगातार डेटिङमा छन्। ब्रुनोको जन्म सन् १९९५ मा रियो दी जेनेरियोमा भएको थियो। ब्रुनोले पाँच वर्षको उमेरमै अभिनय यात्रा थालेकी थिइन्। उनले टेलिभिजन अभिनेत्रीका रूपमा बेस्ट बालकलाकारको उपाधि जितेकी थिइन्।

ब्रुनोले कयौं चलचित्रमा काम गरिसकेकी छन्। वुमन इन लभ, अमेरिका स्नेक्स एन्ड लिजर्डस् उनका प्रमुख फिल्म हुन्। अहिले उनले टीभी सिरियलमा काम गर्दै आएकी छन्।

जेरार्ड पिके र साकिरा इजावेल मेवार्क

‘हिप्स डन्ट लाई’ गीतकी विश्वचर्चित गायिका साकिराको पहिलो भेट पिकेसँग ‘वाका वाका’ गीतको सुटिङका दौरान भएको थियो। सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजना भएको विश्वकप फुटबलको शीर्ष गीत साकिराले गाएकी थिइन्। त्यो गीतको भिडियोमा त्यस बेलाका चर्चित खेलाडीलाई पनि समावेश गरिएको थियो। बार्सिलोनाका स्टार पिके र साकिराको परिचय त्यही गीतको सुटिङका क्रममा भएको थियो। त्यसपछि उनीहरूको भेटघाट लम्बियो र उनीहरू लगातार डेटिङमा रहे। यी दुईले सन् २०११ मा आफूहरू डेटमा रहेको खुलासा गरेका थिए। अहिले साकिरा र पिकेका दुई सन्तान छन्।

इडेन हाजार्ड र नटाचा ब्यान होनकर

बेल्जियमका मिडफिल्डर हाजार्ड र होनकरको प्रेमलाई आदर्श प्रेम भन्दा फरक पर्दैन। यी दुईबीच सानैमा भेट भएको थियो। त्यस बेला होनकर १४ वर्षकी मात्र थिइन्। होनकर पनि फुटबल खेलाडी थिइन्। उनी विद्यालयस्तरीय थुप्रै प्रतियोगितामा सहभागी भइन्। त्यस बेलादेखि नै एकले अर्कोलाई मन पराएका उनीहरू लामो समयसम्म डेटमा रहे। उनीहरूले सन् २०१३ मा विवाह गरे। अहिले उनीहरूका तीन बच्चा छन्। होनकरले विवाह हुनुअघि नै सन् २०१० मा पहिलो बच्चालाई जन्म दिएकी थिइन्। विवाह गर्नु केही समयअघि मात्रै उनले छोरालाई जन्म दिएकी थिइन्। उनले तेस्रो सन्तान भने सन् २०१५ मा जन्माइन्।

 लियोनल मेसी र एन्टोनिला रुकुजो

अर्जेन्टिना तथा स्पेनिस क्लब बार्सिलोनाका सुपरस्टार लियोनल मेसीले आफ्नो बाल्यकालदेखिको साथी एन्टोनिला रोकुजोसँग सन् २०१७ मा विवाह गरे। तर, यी दुईको प्रेमकथा भने सबैका लागि आदर्श र प्रेरणा बनेको छ। साँचो प्रेम वास्तविक जीवनमा भेटिन्छ भन्ने उदाहरण यी दुईको प्रेमले दिएको छ।

मेसी र एन्टोनिलाको भेट २१ वर्षअघि अर्जेन्टिनामा भएको थियो। पाँच वर्षको हुँदा उनीहरूका अभिभावक एकअर्काका मिल्ने साथी थिए। दुई परिवारको भेटघाटका क्रममा मेसीले एन्टोनिलालाई पहिलोपटक देखेका थिए। सानोमा खेल्दाखेल्दै एन्टोनिलासँग नजिकिएका मेसीले त्यही बाल्यकालको साथीलाई आफ्नो जीवनसाथी बनाए। अहिले उनी तीन छोराका पिता बनेका छन्।

पाँच वर्षको कलिलो उमेरमै सुरु भएको यी दुईबीचको सम्बन्धले सन् २००९ मा पुनर्ताजगी ल्यायो। बच्चैका साथीलाई भेटेपछि मेसीले आफ्नो कुरा राखे र जीवनभर साथ दिने कसम खाए। विवाहपूर्व नै दुई छोराका आमाबाबु बनिसकेका उनीहरूको सम्बन्ध बलियो भयो। पहिलो नजरमै प्रेममा परेका मेसीले एन्टोनिलाको साथ कहिल्यै छोडेनन् र एन्टोनिलाले पनि धैर्यसाथ मेसीलाई पर्खिरहिन्।

सन् २०१२ मा एन्टोनिला गर्भवती भइन् र उनीहरूको पहिलो सन्तान जन्मियो, थिआगोले। सन् २०१५ मा एन्टोनिलाले मटेओलाई जन्म दिइन्। एन्टोनिलाले १० मार्च २०१८ मा आफ्नो तेस्रो सन्तानलाई जन्म दिएकी छन्। एन्टोनिला अहिले अर्जेन्टिनामा मोडलिङ गरिरहेकी छन्। पेसाले डेन्टिस्ट उनी ठूला प्रतियोगितामा सपरिवार पुग्ने गरेकी छन्। जारी विश्वकपमा अर्जेन्टिनाको प्रदर्शनलाई लिएर उनी पनि दुःखी छन्। उनले टोलीका अन्य खेलाडीसँगै मेसीलाई पनि सान्त्वना दिइन्।

 क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेज

पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो सन् २०१६ देखि डेटिङमा छन्। स्पेनिस क्लब रियल म्याड्रिडका खेलाडी रोनाल्डोले त्यहीँकी मोडल जर्जिना रोड्रिगेजसँग डेटिङ गरिरहेका छन्। केही समयअघि जर्जिनाले एक छोरीलाई जन्म दिएकी छन्। उनीहरूले छोरीको नाम अलाना मार्टिना राखेका छन्।

२३ वर्षकी सुपर मोडल जर्जिना इङ्ल्यान्डको बिस्टलबाट स्पेन सरेकी हुन्। उनी इङ्ल्यान्डमा हुँदा मोडलिङका साथै वेटरको काम गर्थिन्। स्पेनिस सिटी जाकाकी जर्जिना निकै राम्रो नृत्य पनि गर्छिन्। इन्स्टाग्राममा उनका ३० लाखभन्दा बढी फलोअर छन्। विश्वकप फुटबल अवधिभर रोनाल्डो पोर्चुगिज टोलीसँगै रुसमा रहँदा जर्जिना पनि त्यहीँ बसिन्। उनले रंगशालामै पुगेर रोनाल्डोको उत्साह बढाउने काम गरिन्। प्रिक्वार्टरफाइनलको खेलमा दुई पटकको विजेता उरुग्वेसँग २-१ गोलले पराजित हुँदै पोर्चुगल प्रतियोगिताबाट बाहिरिएपछि जर्जिना पनि निकै दुःखी भइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.