भिजुअल इफेक्टमा अच्युत

भिजुअल इफेक्टमा अच्युत

गोली लागेर रगतमा लत्पतिएको, नायकनायिका बगैंचामा नाचिरहँदा फूलहरू ढकमक्क फुलेको, हिरोले भित्तामा एक सट दिँदा इँटाहरू उछिट्टिएर छरपस्ट भएका दृश्यहरू हामीले फिल्ममा देख्दै आएका छौं। समय तथा पैसा बचाउन र भौतिक क्षति हुन नदिन फिल्मका यस्ता दृश्यहरूमा भिजुअल इफेक्ट (भीएफएक्स) को प्रयोग गरिएको हुन्छ। यस प्रविधिले काल्पनिक दृश्यहरूलाई फिल्मको लाइभ एक्सन सटहरूमा मिसाउने काम गर्छ।

दृश्यलाई काल्पनिकभन्दा पनि वास्तविक देखाउन लाइभ सटहरूमा यसको प्रयोग बढी हुने गर्छ। तर यसको प्रयोग जोखिमयुक्त छ। साथै यो महँगो र अस्वाभाविक देखिन्छ। यसको बाबजुद पनि फिल्मका दृश्यहरूलाई उत्कृष्ट बनाउन यसको प्रयोग व्यापक रूपमा बढ्दै गएको छ। हलिउड र बलिउडमा यसको प्रयोग नौलो होइन। तर नेपाली फिल्ममा पनि यसको प्रयोग हुन थालेको लामो समय भइसक्यो। भिजुअल इफेक्टमै काम गर्ने जनशक्ति भने नेपालमा कमै छन्। अच्युत बजगाईं (३०) विगत आठ वर्षदेखि भिजुअल इडिटिङ गर्दै आएका छन्।

भिजुअल इफेक्ट आर्टिस्टका रूपमा परिचय बनाएका अच्युतले हालसम्म किस्मत टु, लज्जा, ए मेरो हजुर, रुद्र, वीरंगनाजस्ता ३० भन्दा बढी नेपाली फिल्ममा भिजुअल इफेक्ट दिएका छन्। अच्युतका अनुसार यो कामलाई समय धेरै खर्चनुपर्छ तर त्यसअनुसारको पेमेन्ट नहुँदा कामलाई गुणस्तरीय बनाउन मुस्किल पर्छ। 

मर्फिङ, कलर म्याचिङ, क्यामेरा ट्राकिङ, मोसन ट्राकिङ, क्रोमा कटिङजस्ता कार्य गर्न सकिने भिजुअल इफेक्टबाट गर्न सकिने बजगाईं बताउँछन्। साथै भिजुअल इफेक्टबाट स्पेसल इफेक्ट, डिजिटल इफेक्ट, मेट पेन्टिङ, मोसन क्याप्चर, एनिमेसन र कम्पोजिटिङ सबै गर्न सकिन्छ। फिल्मसम्बन्धी सबै इडिटिङ गर्न अच्युत नक्सालमा रहेको पोस्ट प्रोडक्सन हाउसमा बसेर साथीहरूसँगै काम गर्छन्।

भिजुअल इफेक्ट बिना त फिल्महरू अपुरोजस्तै देखिने अच्युतको भनाइ छ। ‘आजभोलि म्युजिक भिडियो र डकुमेन्ट्री फिल्महरूमा पनि भिजुअल इफेक्टको प्रयोग हुन्छ,’ उनी भन्छन्। कुनै पनि फिल्म बनाउँदा निर्देशकले निश्चित दृश्यहरू छायांकनको क्रममा राख्ने योजना बनाएको हुन्छ तर कल्पना गरिएको सबै विषय क्यामेराले एउटै समयमा क्याप्चर गर्न नसक्दा भिजुअल इफेक्टको प्रयोग गरिन्छ। खाली भित्तामा भित्तेपात्रो र पेन्टिङ झुन्ड्याउनेदेखि बम ब्लास्ट गर्ने र आगो लगाउने कामसम्म भिजुअल इफेक्टमा पर्ने अच्युत बताउँछन्।

फिल्म छायांकनको क्रममा अधुरो रहेका दृश्यहरूलाई भिजुअल इफेक्टको माध्यमबाट थप्ने अच्युत कामको प्रकृति हेरी पारि श्रमिक लिन्छन्। ‘मौका पाए अझै भिजुअल इफेक्टसम्बन्धी पढ्ने इच्छा छ’, उनी भन्छन्। नेपालमा प्रविधिको अझै विकास नभएको र फिल्म पनि भनेजस्तो नआउँदा ठूल्ठूला प्रयोग गर्न नसकेको अच्युत बताउँछन्। प्लस टु सकाएर कम्प्युटर साइन्स पढेका अच्युतसँग अहिले कामको चाङ छ। भिलेन, लभ डायरी, कायरा, जय शम्भु, ए मेरो हजुर ३ जस्ता दर्जन बढी फिल्ममा उनले भिजुअल इफेक्ट राख्नै बाँकी छ। उनले आफूले काम गरेको ‘रुद्र, वीरंगनाजस्ता फिल्म केही सम्झन लायक फिल्ममा पर्छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.