कति किशोरकिशोरीले चलाउँछन फेसबुक ?

कति किशोरकिशोरीले चलाउँछन फेसबुक ?

एउटा अपेक्षा थियो- फेसबुकमा मानिसको धेरै समय बर्बाद नहोस्। अपेक्षाबमोजिम नै फेसबुकको लोकप्रियता घट्दैछ, विशेषगरी १३ देखि १७ वर्ष उमेरसमूहका मानिसमा। उनीहरूलाई फेसबुकले आकर्षित गर्न छाडेको छ।

‘द प्यु रिसर्च सेन्टर’ले भनेको छ, ५१ प्रतिशत अमेरिकी किशोरकिशोरी मात्र फेसबुकको प्रयोग गर्छन्। २०१५ देखि त २० प्रतिशत युवायुवतीले फेसबुकको प्रयोग गर्न छाडिसके। त्यसो भए उनीहरू कुन साइटमा समय बिताइरहेका छन् ? उत्तर छ- युट्युब। अहिले युवायुवतीबीच एकदमै चर्चित र लोकप्रिय भएको छ- युट्युब।

 झन्डै ८० प्रतिशत अमेरिकन किशोरकिशोरीहरूको रोजाइ युट्युबमा छ। अचम्म छैन, ७२ प्रतिशतले इन्स्टाग्रामको प्रयोग गर्छन्। ६९ प्रतिशतले इन्स्टाग्रामको प्रयोग गर्छन्। त्यस्तै, ३२ प्रतिशत युवायुवतीले ट्विटरको प्रयोग गर्छन्।

यो अध्ययन सात सय ५० जना किशोरकिशोरीमा गरिएको थियो। झन्डै एक महिना लामो अध्ययन-अनुसन्धानबाट सामाजिक सञ्जालप्रति युवायुवतीको यस्तो दृष्टिकोण बाहिर आएको हो। अनुसन्धानले भनेको छ- बढी आम्दानी भएका युवायुवतीभन्दा कम आम्दानी भएकाहरू फेसबुतिर आकर्षित हुने गरेका छन्। अनुसन्धानमा ४५ प्रतिशत युवायुवती प्रायः अनलाइनमै भेटिने गरेको पाइयो। आफू किन हरबखत अनलाइन बस्छु भनेरसमेत जवाफ दिएका थिए उनीहरूले।

सीएनएनबाट साभार


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.