हिमालयन बैंकका कार्ड होल्डरलाई मेडिसिटीको छुट
काठमाडौं : भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पताल र हिमालयन बैंकबीच सेवा आदानप्रदान सम्बन्धी सम्झौता भएको छ।सम्झौताअनुसार बैंकका कर्मचारी, डेबिट, क्रेडिट र प्रि-पेड कार्ड होल्डरले मेडिसिटीको सेवामा विशेष छुट पाउने छन्।
अस्पतालका महाप्रबन्धक विजय रिमाल र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक एसजेबी राणाले सम्झौतामा हस्ताक्षर गरे। हस्ताक्षर कार्यक्रममा बाेल्दै हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत राणाले नेपालकै उत्कृष्ट अस्पतालसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे।
त्यस्तै उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको अस्पतालले यस सम्झौताले थप गुणस्तरीय सेवा प्रदान गर्न सजिलो हुने बताएको छ। सो अवसरमा बैंकका तर्फबाट उप-महाप्रबन्धक उज्वल राजभण्डारी, सुनिल राजभण्डारी र शैलेन्द्र श्रेष्ठ तथा अस्पतालका तर्फबाट मेडिकल सुपरिटेन्डेन्ट राज राणा, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव जोशी र अस्पतालका कर्पोरेट अधिकृत तेन्जीङ्ग कुन्सेल बज्राचार्यको सहभागिता थियो।