भानु टोपी लाएर प्रधानमन्त्रीले भनेः भानुभक्त एक समाज सुधारक
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गरेको बताएका छन् । २०५ औं भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यसो भनेका हुन् ।
प्रधानमन्त्री ओलीले नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधराण र कालजयी रहेको बताए । ‘भानुभक्तले साहित्य मार्फत समाज सुधारका लागि ठुलो योगदान गर्नु भएको छ’, प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले नेपाली साहित्यमा भानुभक्तीय भावना, शैली र प्रवृतिको आफ्नै महत्व रहेको बताएका छन् ।
प्रतिष्ठानले कार्यलय भवन निर्माणका लागि जग्गा माग गरेकोमा प्रधानमन्त्री ओली सकारात्मक भएका छन् । ‘ताईंहरुका मागबारे मन्त्रिपरिषद्मा निर्णय गरेर सम्बोधन गरिनेछ’, प्रधानमन्त्री ओलीले प्रतिवद्धता जनाउँदै भने । प्रधानमन्त्री ओलीले प्रज्ञा प्रतिष्ठानमा रहेको भानुभक्तको सालिकमा माल्यार्पण पनि गरे।