गृहमन्त्री भन्छन्ः राष्ट्रभक्तिको पाठ उत्तर कोरियालीबाट सिकौँ

गृहमन्त्री भन्छन्ः राष्ट्रभक्तिको पाठ उत्तर कोरियालीबाट सिकौँ

काठमाडौँः गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि उत्तर कोरीयाका राजदुत किम योङ हकले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो ।

भेटमा गृहमन्त्री थापाले    पछिल्लो समय उत्तर कोरीयाले अमेरिका–दक्षिण कोरीयासँग बढाएको वार्ता र छलफलको स्वागत गर्दै त्यसको सफल परिणाम आउने आशा व्यक्त गरे । उनले देशभक्तिका लागि उत्तर कोरीया सबैका लागि प्रेरणाको स्रोत भएको टिप्पणी गरे । 

गृहमन्त्री थापाले उत्तर कोरियाले गार्मेन्ट लगायतको क्षेत्रमा नयाँ प्रविधिको विकास गरेको गरिरहेको आफुले सुनेको भन्दै त्यस्तो प्रविधि नेपालमा पनि भित्र्याउन आफुहरु ईच्छुृक रहेको बताए । राजदुत हकले नेपाल र उत्तरकोरीयाको सम्बन्धको चर्चा गर्दै यसलाई थप उचाईमा पु¥याउनुपर्नेमा जोड दिएका छन् । 

उनले नेपालमा रोजगारीका लागि आउने कोरीयाली नागरिक प्रवेशाज्ञा प्रक्रिया झन्झटिलो हुँदा समस्या रहेको बताउनुभएको थियो । जवाफमा गृहमन्त्री थापाले सो प्रक्रिया सहज र सरल बनाउन तत्काल कदम चलिने बताए । राजदुत हकले गृहमन्त्रीलाई सफल कार्यकालका लागि शुभकामना दिँदै केही दिनमा हुन गइरहेको आफुहरुकोे राष्ट्रिय दिवसमा उत्तर कोरिया भ्रमणका लागि गृहमन्त्री थापालाई आग्रह गरे । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.