सलमान नेपाल नआएपछि सीमान्त गुरूङ पक्राउ

सलमान नेपाल नआएपछि सीमान्त गुरूङ पक्राउ

काठमाडौं : बलिउड अभिनेता सलमान खान नेपाल नआएपछि ओडीसी इन्टरटेनमेन्टका अध्यक्ष सीमान्त गुरुङ पक्राउ परेका छन् ।  सलमानलाई नेपाल ल्याउने भन्दै पाँच हजारभन्दा धेरै टिकट बेचेर कराेड भन्दा बढी ठगी गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हाे । 

सलमानलाई ल्याएर कार्यक्रम गर्ने भन्दै पैसा उठाएका गुरुङलाई लाजिम्पाटबाट पक्राउ गरिएकाे महागरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए ।  

 भारतीय नायक सलमान खान फागुन २५ गते नेपाल आएर २६ गते प्रस्तूति दिने कार्यक्रम तय भएको थियो। तर सेक्युरिटी थ्रेट भएको भन्दै उक्त दिनको कार्यक्रम स्थगित भएको थियो। दोश्रो पटक जेठ १२ गतेको कार्यक्रम तय भए पनि उक्त कार्यक्रम हुन सकेन र सलमान खान नेपाल आएनन्।

कार्यक्रम स्थगित भए पनि कार्यक्रमका लागि भनेर बिक्री भएका टिकटको पैसा फिर्ता नगरेपछि गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.