विश्वकप फुटबल : प्रविधि र पुरस्कारमा विभेद

विश्वकप फुटबल : प्रविधि र पुरस्कारमा विभेद

लन्डन : जारी विश्वकप सकिएको करिब वर्ष दिनपछि फ्रान्समा महिला विश्वकप सुरु हुँदैछ । त्यो प्रतियोगिता महिला फुटबलरका लागि उत्तिकै महŒवपूर्ण हुन्छ जति जारी विश्वकप पुरुष फुटबलरका लागि छ । तर, चर्चाको दृष्टिकोणबाट महिला विश्वकप सधैं पछि पर्ने गरेको छ । यसको पछाडि आयोजक विश्व फुटबल महासंघ (फिफा) ले महिला विश्वकपमा गर्ने भेदभाव मुख्य कारण रहेको तर्क महिला फुटबलका सरोकारवालाहरूले गरेका छन् । उनीहरूले जिम्मेवार निकायबाटै महिला विश्वकपमा प्राविधि र पुरस्कार राशिमा विभेद हुने गरेको आरोप लगाएका छन् ।

महिला विश्वकपको आगामी संस्करणबाटै यस्ता विभेदको अन्त्य हुनुपर्ने माग समेत उनीहरूले राखेका छन् । सन् २०१५ मा भएको महिला विश्वकपमा अमेरिकालाई उपाधि दिलाएकी प्रशिक्षक जिल एलिसले जारी पुरुष विश्वकपमा प्रयोग गरिएको भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) लगायतका प्रविधि आगामी वर्ष फ्रान्समा हुने महिला विश्वकपमा पनि लागू गरिनुपर्ने माग राखेकी छन् ।

भीएआर प्रविधि पुरुष विश्वकपमा पनि पहिलो पटक प्रयोग गरिएको हो, जुन प्रविधि पेनाल्टीलगायत धेरै निर्णय गर्नका लागि निकै उपयोगी देखिएको छ । ‘फ्रान्समा महिला विश्वकप सुरु हुँदा भीएआर प्रविधि लागू हुनेछ भन्ने विश्वास मैले लिएकी छु । फ्रान्समा यो प्रविधि लागू नगरिए महिला फुटबलसँग सम्बन्धित भएको नाताले म आफैंले पनि अपमानित भएको महसुस गर्नेछु’, प्रशिक्षक एलिसले भनेकी छन्, ‘महिला विश्वकपलाई अझै पनि फरक व्यवहार गरिन्छ । फुटबलप्रति हाम्रो उत्साह, लगाव, उद्देश्य, प्रेरणा सबै पुरुष फुटबलरकै जत्तिको स्तरमा हुन्छन् । तैपनि हामीसँग अझै समान व्यवहार गरिँदैन ।’

एलिस भीएआरजस्ता प्रविधि महिला फुटबलमा अझ अत्यावश्यक रहेको तर्क अघि सार्छिन् । ‘पुरुष विश्वकपमा ठूला लिग वा प्रतियोगिता खेलाएका एकसे एक अनुभवी रेफ्रीको उपस्थिति रहन्छ । महिला विश्वकपमा भने त्यस्ता कमै रेफ्री भेटिन्छन्’, उनी भन्छिन्, ‘त्यसैले महिला विश्वकपमा भीएआर प्रविधि अझ बढी आवश्यक छ ।’ सन् २०१५ मा फिफाले महिला विश्वकपका केही खेल आर्टिफिसियल टर्फमा खेलाउने निर्णय गर्दा पनि अमेरिकी खेलाडीले विरोध गरेका थिए ।

यसैगरी अमेरिकी महिला खेलाडीले पुरुष र महिला विश्वकपको पुरस्कार राशिमा हुँदै आएको विभेदको समेत कुरा उठाएका छन् । सन् २०१५ मा महिला विश्वकपको उपाधि जित्दा अमेरिकी टोलीले २० लाख अमेरिकी डलर मात्र पुरस्कार पाएको थियो । त्यतिबेला प्रतियोगिताको कुल पुरस्कार राशि एक करोड ५० लाख डलर रहेको थियो ।

यसैगरी सन् २०११ मा जापानी महिला टोलीले विश्वकप जित्दा १० लाख अमेरिकी डलर मात्र पुरस्कार पाएको थियो । त्यतिबेला कुल पुरस्कार राशि एक करोड डलर रहेको थियो । त्यसको तुलनामा रुसमा जारी पुरुष विश्वकपको विजेता टोलीले तीन करोड ८० लाख अमेरिकी डलर पुरस्कार पाउनेछ । जारी विश्वकपको कुल पुरस्कार राशि ४० करोड डलर रहेको छ ।

‘अन्य देशमा के अवस्था छ मलाई थाहा छैन’, प्रशिक्षक एलिस भन्छिन्, ‘तर, हाम्रो देशमा महिला होस् वा पुरुष फुटबल, दुवैको दर्शक उत्तिकै छन् । त्यसैले फिफाले यी दुवै प्रतियोगितालाई एउटै आँखाले हेर्नुपर्छ । यसलाई महिला फुटबल र पुरुष फुटबल भनेर विभेद गर्नु हुन्न ।’ सन् २०१५ को महिला विश्वकपको फाइनलमा साबिक विजेता जापानलाई ५–२ गोलले पराजित गर्दै अमेरिकाले उपाधि जित्दा टेलिभिजनमार्फत दुई करोड ६७ लाख दर्शकले खेल हेरेका थिए । सन् २०१४ को पुरुष विश्वकपको फाइनलमा जर्मनीले अर्जेन्टिनालाई १–० गोलले पराजित गर्दा दुई करोड ६५ लाख दर्शकले टेलिभिजनमार्फत उक्त खेल हेरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.