विश्वकपको एक आकर्षण : स्टालिनले विश्वयुद्ध लड्न बनाएको बंकर

विश्वकपको एक आकर्षण : स्टालिनले विश्वयुद्ध लड्न बनाएको बंकर

मस्को : पछिल्लो एक महिनायता रुसको वातावरण फुटबलमय बनेको छ। संसारभरका लाखौं समर्थकले २१औं विश्वकपको आयोजना गरिरहेको रुस पुगेर आफ्नो टोलीको हौसला बढाएका छन् भने फाइनल र तेस्रो स्थानको खेलमात्र बाँकी रहँदा पनि टोलीको हौसला बढाउन समर्थकहरु रुस पुग्ने क्रम जारी नै छ। फाइनलमा पुग्न नसकेका टोलीका समर्थक भने आफ्नो टोलीको पराजयसँगै घर फर्कने क्रम पनि उत्तिकै छ।

तर, यो विश्वकपमा रुसी सहर सामरा समर्थकमाझ निकै चर्चित बन्यो, रुसका पूर्वराजनीतिज्ञ जोसेफ स्टालिनको भूमिगत बंकरका कारण। रुसी इतिहासलाई समेटेको यो बंकर सामरा पुग्ने समर्थकको मुख्य भेटघाट स्थल बनेको थियो। करिब ३७ मिटर गहिराइमा बनेको बंकरमा विभिन्न देशबाट आएका फुटबल प्रशंसक भेला हुने गरेका थिए।

सोभियत इतिहासको महत्वपूर्ण हिस्सा बनेको स्टालिनको बंकर धेरैको आकर्षणको केन्द्र हो। यो बंकर ५० वर्षसम्म गुमनाम अवस्थामा थियो। करिब १२ तलाको यो बंकरमा एक पटकमा एक सयजना अटाउन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यो बंकर संसारकै गहिरो बंकर हो। जर्मनीका पूर्वतानाशाह एडोल्फ हिटलर र ब्रिटेनका पूर्वप्रधानमन्त्री विस्टन चर्चिलले बनाएको बंकरभन्दा पनि यो बंकर निकै ठूलो र गहिरो छ।

स्टालिनले सन् १९४२ मा यो बंकर बनाएका थिए। जर्मनीका नाजीहरूको आक्रमणबाट बच्न स्टालिनले यो बंकर खनेको समाचारमा उल्लेख छ। सोभियत संघ टुक्रिनुअघि यो सहरलाई कुड्विसेभका नामले चिनिन्थ्यो जुन त्योे समयमा रणनीतिक क्षेत्र बन्न पुगेको थियो। किनभने यो सहर युद्ध भूमिभन्दा निकै टाढा थियो। आक्रमण भइहालेमा भोल्गा नदीबाट निस्कने छुट्टै बाटो रहेकाले पनि यसलाई रणनीतिक सहरका रूपमा हेरिन्थ्यो। ५० वर्षसम्म गुमनाम रहेको यो बंकरलाई सन् १९९० पछि भने संग्रहालयमा परिणत गरिएको थियो।

जरी विश्वकपका क्रममा यो बंकर घुम्न हजारौं फुटबल समर्थकको लाम लाग्ने गरेको छ। बंकर घुम्न पुगेका एक समर्थक एडली मोर्टेराले यो बंकर हेर्न युरोपेलीभन्दा ल्याटिन अमेरिकी नागरिक बढी आउने गरेको बताए। ‘यहाँ बढी मात्रामा ल्याटिन अमेरिकी नागरिक आउने गरेका छन्। उनीहरू बंकर देखेर निकै आश्चर्यमा पर्छन्। सोभियत इतिहासका बारेमा हामीलाई खासै केही जानकारी छैन तर यहाँ आएर त्यो इतिहास जान्न पाउँदा निकै रोमाञ्चित बनेको छु’, उनले भने।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.