पहिरो पीडितलाई राहत प्रदान

पहिरो पीडितलाई राहत प्रदान

बागलुङ :    पहिरोबाट परिवारका ३ जना सदस्य गुमाएका बरेङ गाउँपालिका वडा नंं १ लुरुङका दुई किशोरीहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  बागलुङले आर्थिक सहयोग गरेको छ। असार ११ गते राति गएको पहिरोले घर पुरिँदा बाबु आमा र बहिनीको निधनसँगै साहारावीहिन बनेका अस्मिता क्षेत्री र मञ्जु क्षेत्रीलाई नेकपा बागलुङले ३५ हजार रुपैयाँ नगद सहयोग गरेको हो ।     

घरमाथिबाट आएको पहिरोमा परी अस्मिता र मञ्जुका बुवा ४६ वर्षीय बिष्णु बहादुर क्षेत्री, आमा ३५ वर्षीया विष्णुमाया क्षेत्री र बहिनी ५ महिनाकी सोनिया क्षेत्रीको निधन भएको थियो । पहिरोले घर पुरिँदा उनीहरुको सबै सम्पत्ती नष्ट भएको र हाल काकाको घरमा बस्दै आएका छन्।  पहिरो पीडित मञ्जु क्षेत्रीलाई नेकपाका केन्द्रीय सदस्य गोबिन्दबहादुर नेपाली लगायतका नेताहरुले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।    

शोकसभा कार्यक्रममा बोल्दै नेता नेपालीले अस्मिता र मञ्जुलाई पुनःस्थापनाका लागि राज्य र स्थानीय बासिन्दाको सहयोग आवश्यक रहेको बताए । उनले वर्षायामको समयमा जोखिमप्रति सचेत रहन समेत गरे ।     कार्यक्रममा प्रतिनिधिसभाका सदस्य डा.सूर्य पाठकले पहिरोपीडित परिवारको राहत तथा पुनःस्थापनाका लागि पहलकदमी गर्ने प्रतिवद्धता व्यक्त गरे ।    

 कार्यक्रममा प्रदेशसभाका सदस्य सावित्रा राना, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, नेकपाका युवा नेता प्रदिप थापा लगायतले शोक मन्तव्य व्यक्त गरे ।  कार्यक्रम नेकपा बागलुङका कार्यदलका सदस्य कृष्ण पाठकको अध्यक्षता र कार्यदलका सदस्य लालबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।     
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.