कलंकी–सातदोबाटो–कोटेश्वर सडक : पुल निर्माण ढिलाइले सास्ती

कलंकी–सातदोबाटो–कोटेश्वर सडक :  पुल निर्माण ढिलाइले सास्ती

काठमाडौं : धोवीघाटकी सरला भट्टराई चक्रपथको बाटो काट्ने चिन्ताले हैरान छिन् । छोरीको स्कुल धोवीघाट वारी आउन पारीबाट १५ मिनेटको बाटो पार गरेर फेरि त्यतिनै हिड्नुपर्ने बाध्यता छ । कलंकी–सातदोबाटो–कोटेश्वर सडक चीन सरकारले आकर्षक त बनायो तर आवश्यकताअनुसार आकाशे पुल नहुँदा धोवीघाटकी सरलालाई जावलाखेल आउन बाटो काट्न सानेपा वा एकान्तकुना पुग्नुपर्छ ।

यो समस्या उनको मात्रै नभएर यो बाटो पार गर्नुपर्ने हरेक पैदल यात्रुको हो । चिनियाँ सहयोगमा निर्माण भएर अन्तिम चरणको काम भइरहेको चक्रपथमा आकाशे पुल निर्माण ढिलाइले पैदल यात्रुलाई बाटो पार गर्न डेढ किलोमिटरसम्मको यात्रा तय गर्नुपर्छ ।

चीन सरकारले अनुदानमा बनाइदिएको आठ लेनको यो सडकमा पर्याप्त मात्रा आकाशे पुल र जेब्रा क्रस नहुँदा सडक प्रयोगकर्तालाई नै समस्या छ । यो सडकको प्रति ३ किमिमा १÷१ गरी १० किमिको सडक खण्डमा जम्मा तीनवटा मात्रै आकाशे पुल छन् । यो सडक निर्माण सम्पन्न भएर नेपाल सरकारलाई हस्तान्तरण गरेपछि थप सातवटा आकाशे पुल बनाउने योजना पछाडि धकेलिँदै गएको छ ।

सडक विस्तारको जिम्मा पाएको सडक विभाग अन्तर्गतको चक्रपथ सुधार आयोजनाले भने चिनियाँ कम्पनीले सडक हस्तान्तरणसँगै नयाँ सातवटा आकाशे पुल पनि सञ्चालनको तयारी गरिरहेको छ । सडक निर्माण भएर प्रयोगमा आउन थालिसकेकाले पुल निर्माणमा ढिलाइ हुँदा सर्वसाधारणलाई सास्ती भइरहेको आयोजना प्रमुख प्रकाश भण्डारीले बताए । उनले भने,‘ चिनियाँ कम्पनीले आगामी पुसमा सडक हस्तान्तरण गर्ने भएको छ । यो समयसम्ममा हामीले थप सातवटा आकाशेपुल बनाएर सञ्चालन गरिसक्ने गरी काम गराइरहेका छौं ।’

भण्डारीका अनुसार आयोजनाले प्रतिएक किमिमा एकएक वटा पुल पर्ने गरी १० वटा पुल हुनेछन् । चिनियाँ पक्षले तीनवटा निर्माण गरेकाले अब हामी सातवटा बनाउने प्रक्रियामा छौं । ६ वटा आकाशे पुल बनाउन निर्णय भएको छ । अर्को एक पुलको पनि ठेक्का अन्तिम तयारीमा रहेकाले ६ महिनाभित्रमा निर्माण सकिने गरी काम अगाडि बढिरहेको जानकारी भण्डारीले दिए ।

चक्रपथमा आकाशे पुल निर्माण ढिलाइले पैदल यात्रुलाई बाटो पार गर्न डेढ किलोमिटरसम्मको यात्रा तय गर्नुपर्छ ।

चिनियाँ पक्षले सडक निर्माण सकेर रंगरोगनसहित फिनिसिङको काम गरिरहेको छ । यो सडकमा सडक विभागले बनाउने आकाशे पुलको जगको काम भइरहेको जानकारी पनि भण्डारीको छ । आयोजनाले पुल निर्माणका क्रममा भत्काउने सडक छेउ बनाउने सर्तमा पुल निर्माणको काम अगाडि बढाएको हो । विभागले प्रतिएक किमिमा एक पुल र दुई सय मिटरदेखि साढे दुई सय मिटरसम्ममा एउटा जेब्रा क्रम हुने भएको छ । आकाशे पुल निर्माणपछि बढीमा यात्रुले ५ सय मिटर मात्रै हिडेर पुसम्म पुग्न सकिने छ ।

विभागले बनाउने पुल एकातर्फ यात्रु पुलमा जाने बाटो बुढाबुढीलाई दृष्टिगत गरेर लामो र अर्कोतर्फ युवालक्षित गरेर छोटो हुनेछ । हाल चिनियाँ पक्षले बनाएको यस्तो पुल भने एकातर्फीबाट मात्रै जान मिल्ने र लामो भ¥याएको ढाँचामा बनेको छ । यो सडक निर्माण सम्पन्न भएपछि ट्राफिक नियम पालनामा कडाइ गरिने तथा गति नियन्त्रण गरिने उल्लेख छ । हाल यो सडक ५० किमिको गतिमा सवारी कुद्न सक्ने गरी निर्माण भएको छ । आठ लेनको यो सडक केन्द्रबाट दुवैतर्फ २५ मिटर छ । दुवैतर्फ सर्भिस ट्र्याक, फुटपाथका लागि थप ११÷११ मिटर क्षेत्र छ । विभागले प्रतिपुल औसतमा ३ करोडका दरले २१ करोड रुपैयाँ खर्च गर्दै छ ।

आयोजनाले चालू आवमा पुल, सर्भिस ट्र्याक निर्माण, हरियाली तथा वातावरण संरक्षणसहितको कामका लागि करिब १९ करोड रुपैयाँ खर्च गरेको छ । आगामी वर्षका लागि पनि विभागले पर्याप्त रकम खर्च गर्ने गरी रकम विनियोजन भएको छ । आयोजनो गर्ने चक्रपथ सुधार योजनामा खानेपानी, बिजुलीको पोल स्थानान्तरण, सर्भिस ट्र्याक निर्माण, बार लगाउने, बिरुवा रोप्नेसहितको चिनियाँ पक्षले गर्नेभन्दा बाहिरको काममा आवश्यक रकम अभाव नहुने उल्लेख छ ।

विनियोजित बजेटले नपुगेको अवस्थामा अर्थ मन्त्रालयमार्फत थप बजेट ल्याउने सकिने भण्डारीको भनाइ छ । यो सडक निर्माणपछि मोनोरेल सञ्चालन गर्न सकिने गरी निर्माण भएको छ । हाल काठमाडौं महानगरले काठमाडौं चक्रपथमा मोनोरेल निर्माण गर्ने विषयमा आवश्यक अध्ययन अगाडि बढाइरहेको छ । यो अध्ययनपछि नयाँ बनेको चिनियाँ लगानीको चक्रपथको बीचबाट नभएर सर्भिस ट्र्याकबाट भने मोनोरेल चलाउन सकिने बुझाइ भण्डारीको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.