भक्तपुरमा पर्यटकलाई निःशुल्क शौचालय

भक्तपुरमा पर्यटकलाई निःशुल्क शौचालय

भक्तपुर : भक्तपुरका सबै होटलले पर्यटकलाई निःशुल्क शौचालय सुविधा दिने भएका छन् । भक्तपुर नगरका सम्पदाको दृश्यावलोकनका लागि आउने पर्यटक शौचालय नपाएर भौतारिन नपरोस् भनेर यहाँका सबै होटलले पर्यटकलाई निःशुल्क शौचालयको सुविधा दिने भएका हुन् ।

होटल एसोसिएसन अफ भक्तपुर (ह्याब) ले शुक्रबार भेला गरी आफ्ना सदस्य होटललाई पर्यटकका लागि निःशुल्क शौचालय सुविधा दिने स्टिकर वितरण गरेको छ । भक्तपुर नगरमा पर्यटकका लागि केही स्थानमा मात्रै पर्यटक शौचालय छन् । भक्तपुर नगरपालिकाले भक्तपुर दरबार क्षेत्र, व्यासी पर्यटक बसपार्क र केही पर्यटक सेवा केन्द्रमा मात्रै शौचालयको व्यवस्था गरेको छ । तर, भक्तपुरका पर्यटकीय क्षेत्र पुग्ने अधिकांश पर्यटकले शौचालय नभएको गुनासो गर्दै आएका छन् ।

यस्तै पर्यटन व्यवसायीले पनि पर्यटकका सुविधाका लागि भक्तपुर नगरका पर्यटकीय क्षेत्रमा शौचालय व्यवस्था गर्न भक्तपुर नपाको ध्यानाकर्षण गराउँदै आएका छन् । भक्तपुर नपाले भक्तपुर प्रवेश गर्ने पर्यटकसँग सेवा शुल्क लिएको कारण शुल्कका आधारमा उनीहरूलाई सेवा सुविधा पनि दिनुपर्ने व्यवसायीको भनाइ थियो ।

तर आफूहरूको ध्यानाकर्षणको भक्तपुर नपाबाट सुनुवाइ नभएपछि होटल व्यवसायी आफै आआफ्नो होटलमा पर्यटकका लागि निःशुल्क शौचालय सुविधा प्रदान गर्न अघि बढेका हुन् । होम स्याजको आर्थिक सहयोगमा शुक्रबार भएको भक्तपुरका होटल व्यवसायीहरुको भेलामा होटल एसोसिएसन अफ नेपाल (हान) की प्रथम उपाध्यक्ष सिर्जना राणा र ह्याबका अध्यक्ष सत्यराम सुवालले संयुक्त रूपमा पर्यटकका लागि निःशुल्क शौचालय सुविधासम्बन्धी सांकेतिक स्टिकर सार्वजनिक गरेका हुन् ।

हानकी प्रथम उपाध्यक्ष राणाले ह्याबका अध्यक्ष सुवालले ह्याब हानको आधिकारिक क्षेत्रीय सदस्य भएको प्रमाणस्वरुप हानको सदस्यतापत्र हस्तान्तरणसमेत गरेकी थिइन् । अवसरमा उनले होटल पर्यटकलाई बास उपलब्ध गराउने ठाउँमात्रै नभई यसको सेवा प्रवाह अन्तर्राष्ट्रियस्तरको हुनुपर्नेमा जोड दिइन् । भक्तपुर पुग्ने पर्यटकले यहाँ पर्याप्त शौचालय नभएको गुनासो हानसम्म पनि पुगेको सुनाउँदै होटल अन्नपूर्णकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेकी राणाले भनिन्, ‘अब भक्तपुर पुग्ने कुनै पनि पर्यटकले शौचालय नभएको गुनासो गर्नुपर्ने छैन । उनीहरूले हाम्रा होटल व्यवसायीबाट निःशुल्क शौचालय प्रयोग गर्न पाउने भएका छन् ।’

उनले ह्याबलाई भक्तपुरमा बढीभन्दा बढी पर्यटक आकर्षित गर्ने गतिविधिसँगै होटल व्यवसायीको क्षमता अभिवृद्धि गर्न ध्यान दिन सुनाइन् ।

कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापति र भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले भक्तपुर पुग्ने पर्यटकको बसाइँ लम्ब्याउने वातावरण तयार गर्न यहाँका होटल व्यवसायी क्रियाशील हुने विश्वास व्यक्त गरे ।

भक्तपुर पर्यटन विकास समितिको तथ्यांकअनुसार भक्तपुर पुगेका करिब ९० प्रतिशत पर्यटक यहाँ बस्दैनन् । उनीहरू बढीमा दुई घन्टा समय छुट्टयाएर भक्तपुर घुम्न आउँछन् । यसले गर्दा भक्तपुरका पर्यटन व्यवसायीले यथोचित व्यवसाय गर्न सकेका छैनन् ।

ह्याबका अध्यक्ष सुवालले भक्तपुरमा बढीभन्दा बढी पर्यटकको आगमन बढाउन ह्याब लागि पर्ने सुनाए । सरकारको भिजिट २०२० लाई लक्षित गरी ह्याबले कार्ययोजना बनाइ काम गर्ने उनको भनाइ थियो । कार्यक्रममा होम स्याजको तर्फबाट होटललाई आवश्यक पर्ने बेड, डनलप, म्याट्रस, बेड सिट, तकिया, फ्लोरिङ, गम्छालगायतको प्रदर्शनी गरिएको थियो । ०००००भक्तपुरमा पर्यटकका लागि निःशुल्क शौचालयसम्बन्धी सांकेतिक स्टिकर सार्वजनिक गरिँदै । अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.