अन्तर्राष्ट्रिय सञ्चारमाध्यम भन्छन्-'वास्तविक विश्वकप रूसले जित्यो'

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम भन्छन्-'वास्तविक विश्वकप रूसले जित्यो'

मस्को : २१औं संस्करणको रुस विश्वकपमा विश्वभरका दुई सय नौ देशबीचको प्रतिस्पर्धाबाट छनोट भएर आएका ३२ टोलीबीचको अन्तिम भिडन्तले आइतबार औपचारिक वि श्राम लिँदैछ । एक महिनासम्म चलेको समूह चरण, नकआउट चरण, क्वार्टरफाइनल र सेमिफाइनलका भिडन्तले विश्वभरका फुटबल पारखीलाई मोहित बनायो ।

अन्तिममा उपाधिका लागि आइतबार साँझ फ्रान्स र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । तर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यस विश्वकपको वास्तविक विजेता रुस भएको घोषणा गरेका छन् । विश्वकपअघि राजनीतिसँग जोडेर रुसको आलोचना भइरहेको थियो । रुसले ऐतिहासिक रूपमा विश्वकप आयोजना गरेकोमा रुसलाई विश्वकपको विजेता भन्दै प्रशंसा गरिएको हो ।

रुस विश्वकपलाई आयोजकले सफल बनाउन कुनै कसर बाँकी नराखेको भन्दै विश्वभरका समर्थकले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको मुक्तकण्ठले तारिफ गरेका छन् । ‘पुटिनले यस विश्वकपबाट आफ्नो राजनीतिक छविलाई अझै माथि लगेका छन् ।

फुटबलको माध्यमबाट रुसप्रति पश्चिमी मुलुकको नकारात्मक धारणा चिर्न पुटिन सफल भए’, अन्तर्राष्ट्रिय समाचार एजेन्सी बीबीसीले भनेको छ । विश्वकपमा पुगेका लाखौं विदेशी पाहुनाले रुस प्रजातन्त्र, मानव अधिकार र अन्तर्राष्ट्रिय सम्बन्धप्रति सजग रहेकोसमेत उल्लेख गरेका छन् ।

रुस विश्वकपमा आउने पर्यटकले कहीँ नपाएको सुविधा पाएको इङ्ल्यान्डका समर्थक डारियनले बताए । ‘मस्कोका सडक रातदिन व्यस्त रहे र नाचगान भइरहे । अन्तर्राष्ट्रिय पाहुनालाई रत्तिभर भय भएन । रुसी स्वयंसेवकले रातदिन पाहुनाको स्वागत र सुरक्षाका लागि कुनै कसर बाँकी रोखनन् । २० वर्षदेखि मैले मस्कोको सडक नियालेको छु । अहिलेको जस्तो रमाइलो कहिल्यै थिएन । बेलायती सरकारले विश्वकपअघि रुसको बारेमा छरेको भ्रमपूर्ण प्रचारलाई विश्वकपले चिरेको छ । यस विश्वकपले पुटिनलाई ‘फेयर प्ले’ खेल्ने खेलाडीको रूपमा स्थापित गराएको छ’, डारियनले भने ।

जर्मनीका अर्का समर्थक लोथर माथ्युसले पछिल्लो ४० वर्षमा सबैभन्दा उत्कृष्ट विश्वकप आयोजना रुसले गरेको बताए । ‘यहाँको उल्लासमय वातावरणले संसारको मन जितेको छ । राष्ट्रपति पुटिन बाहिर चर्चा गरिएकोजस्तो खराब व्यक्ति रहेनछन् । धन्यवाद पुटिन, धन्यवाद रसिया’, लोथर भन्छन् ।

विश्व फुटबल महासंघ (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनोले पनि रुसले विश्वकपलाई सोचेभन्दा माथिल्लो स्तरमा पु¥याएको बताएका छन् । ‘यो विश्वकप मेरा लागि पहिलो अनुभव हो । रुसका जनता र राष्ट्रप्रति म नतमस्तक छु । रुस विश्वकपले संसारभर नयाँ दृश्य सञ्चार गरेको छ’, पुटिनले भनेका छन् । विश्वकप रुसप्रतिको भ्रम चिर्न सफल भएको भन्दै रुसी विदेश मन्त्रालयसमेत अहिले मक्ख छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.