कसले पाउला चार अर्ब ?

कसले पाउला चार अर्ब ?

मस्को : रुस विश्वकप फुटबलको उपाधि कसले जित्ला भन्ने चर्चा उत्कर्षमा पुगेको छ । उपाधिका लागि आइतबार हुने फ्रान्स र क्रोएसियाबीच भिडन्तसँगै विजेताले पाउने पुरस्कार राशिको कौतूहल पनि उत्तिकै छ । २१औं संस्करणमा आइपुग्दा विश्वकप विजेताको पुरस्कार राशिमा पनि वृद्धि भएको विश्व फुटबल महासंघ (फिफा)ले जनाएको छ ।

विश्वकप विजेताले तीन करोड ८० लाख डलर अर्थात् चार अर्बभन्दा बढी नेपाली रुपैयाँ पुरस्कार पाउनेछ । यो पुरस्कार राशि चार वर्षअघि ब्राजिलमा भएको २०औं संस्करणको विश्वकपमा भन्दा १२ प्रतिशतले बढी हो ।

रुस विश्पकप उपविजेताले दुई करोड ८० लाख अमेरिकी डलर पुरस्कार हात पार्नेछ ।

यसैगरी तेस्रो हुने टोलीले दुई करोड ४० लाख र चौथो हुनेले दुई करोड २० लाख अमेरिकी डलर पाउनेछ । क्वार्टरफाइनल अर्थात् अन्तिम आठमा पराजित हुने चार टोलीले एक करोड ६० लाख अमेरिकी डलर प्राप्त गर्नेछन् । यसैगरी अन्तिम १६ मा पराजित हुने आठ टोलीले एक करोड २० लाख र समूहगत चरणमा रोकिने प्रत्येक टोलीले ८०÷८० लाख अमेरिकी डलर प्राप्त गर्नेछन् ।

फिफाका अनुसार यस पटकको विश्वकपको कुल पुरस्कार राशि ४० करोड अमेरिकी डलर छ । सबै टोलीले पाउने यो रकममा विश्वकपमा छनोट भएपछि पाउने तयारी रकमसमेत जोडिएको छ । फिफाले सबै टोलीलाई प्रतियोगिता तयारीको रकमसमेत विश्वकप सम्पन्न भएपछि पुरस्कार राशिसँगै प्रदान गर्ने जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.