उदयपुरको जिल्ला सभा स्थगन

उदयपुरको जिल्ला सभा स्थगन

गाईघाट : गणपुरक संख्या नपुगेपछि आइतबार गर्ने भनिएको उदयपुर जिल्लाको जिल्ला सभा अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित भएको छ। गाउँ तथा नगरसभा सम्पन्न गरिनसकेको भन्दै प्रमुख तथा उपप्रमुखले नआउने संकेत दिएपछि तयारी पूरा भएको जिल्ला सभा तत्कालका लागि स्थगित भएको हो।

सभा सञ्चालनको निम्तो पाएका बेलका नगरपालिका प्रमुख तथा उपप्रमुख सभा नहुने भएपछि अन्तिम समयमा उपस्थिति जनाएर हिँडेका छन्। त्यसैगरी १० बजे जिल्ला सभा हुने सूचना पाएपछि अतिथि तथा दर्शककोरुपमा समयमा नै उपस्थित भएका प्रदेश सांसद अम्बिका थापा र सन्जा दनुवार, राजनीतिक दलका नेता, जिल्लाका कार्यालय प्रमुख, पत्रकार, नागरिकसमाज, गैससका प्रमुख तथा प्रतिनिधि २ घण्टापछि स्थगनको सूचना पाएपछि त्यसै फर्किए। 

जिल्ला सभा सञ्चालन र सभाले पास गर्ने सवालमा विषयमा चासो दिएर आइपुगेका उनीहरु निरास हुँदै फर्किए। ८ स्थानीय तह रहेको उदयपुरमा जिल्ला सभाका लागि स्थानीय तहका प्रमुख तथा उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख गरी १८ जना रहेने सैवैधानिक व्यवस्था छ।

 
१८ जना मध्ये १४ जना अनुपस्थित भएपछि सभा स्थगन गर्नु परेको जिल्ला समन्वय प्रमुख खड्गबहादुर परियारले जानकारी दिए। सभा सञ्चालन गर्न कम्तिमा ५१ प्रतिशत अर्थात १० जना अनिवार्य उपस्थिति हुने व्यवस्था छ। तर सभाका लागि ४ जना मात्र उपस्थिति भए। 

उनले भने, 'कतिपय गाउँपालिका र नगरपालिकाको सभा नै गर्न बाँकी रहेको र असार मसान्तभित्र सम्पन्न गरिसक्नु पर्ने बाध्यता रहेकाले तयारीमा समस्या आउने भएकाले उहाँहरुकै आग्रहमा स्थगन गरिएको हो।'

प्रमुख परियारले कतिपय गाउँपालिका प्रमुख तथा उपप्रमुख भौगोलिक विकटता र वर्षातले सडक अबरुद्ध हुँदा पनि आउन नसक्नु भएको जानकारी आएकाले स्थगन गर्नु परेको बताए। जिल्लाको उत्तरी क्षेत्रका गाउँपालिकाह लिम्चुङबुङ, ताप्लि र रौतामाईका केन्द्र जाने ठाउँ कामै नलाग्ने गरी भत्काएपछि प्रमुख तथा उपप्रमुखहरु आउन नसकेको प्रमुख परियारले बताए। 

४ नगरपालिका र ४ गाउँपालिका रहेको उदयपुरमा हालसम्म २ नगरपालिका र ३ गाउँपालिकाले मात्र सभा सम्पन्न गरिसकेका छन्। बाँकी दुई नगरपालिका र एक गाउँपालिकाले यहीँ असार महिनाभित्र सम्पन्न गर्ने गरी तयारी रहेको बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.