यी १० नायक: जसले फ्रान्स र क्रोएसियालाई विश्वकपको फाइनलमा पुर्‍याए

यी १० नायक: जसले फ्रान्स र क्रोएसियालाई विश्वकपको फाइनलमा पुर्‍याए

मस्को (रूस): फ्रान्स र क्रोएसियाबीच आज मस्कोस्थित लुझन्की स्टेडियममा विश्वकप फुटबलको २१ औँ संस्करणको फाइनल खेल हुँदैछ । फ्रान्सले तेस्रो पटक र क्रोएसियाले पहिलो पटक उपाधि भिडन्तका लागि स्थान पक्का गरेका हुन् । 

दुवै टिमलाई यहाँसम्म ल्याउनमा उनीहरुका पाँच-पाँच खेलाडीले अहम भूमिका निभाए प्रतियोगिता अघि ब्राजिल, अर्जेन्टिना, बेल्जियम, स्पेन, इङ्ग्ल्यान्ड र जर्मनीलाई उपाधिका बलिया दावेदार बताइएको थियो । तर उनीहरु क्वार्टर फाइनलबाट अघि बढ्नै सकेनन् । अर्कातिर फ्रान्स र क्रोएसियाले आफ्नो भिडन्तमा ठुला ठुला टिमलाई पाठ सिकाउँदै फाइनलको यात्रा तय गरे । 

फ्रान्सका ५ नायक: किलियन एम्बाप्पे, एन्टोनी ग्रिजम्यान, पल पोग्बा, एनगोलो कान्टे र हुगो लोरिस

क्रोएसियाका ५ नायक: लुका मोड्रिच, इभान रकिटिच, मारियो मान्जुकिच, इवान पेरिसिच, डेनियल सुबासिच

६० प्रतिशत गोल ग्रिजम्यान-एम्बाप्पेबाट 

फ्रान्सले यस विश्वकपमा ६ खेल खेल्दै १० गोल गरे। जसमा एन्टोनी ग्रिजम्यान र किलियन एम्बाप्पेले ३-३ गोल गरे । अर्थात् कुल गोलको ६० प्रतिशत । टिमका लागि सबैभन्दा धेरै पास मिडफिल्डर पल पोग्बा (२६४) र एनगोलो कान्टे (३५१) ले दिए । 

दुवै मिलेर आप्नो टिमलाई कुल पास (२७७५) को २२.१६ प्रतिशत गरे । गोलकिपर ह्युगो लोरिसले पाँच खेलमा ७३.३ प्रतिशत सेभिङ रेकर्ड बनाएका छन् । उनले पछिल्ला खेलमा ७ सटलाई गोलपोस्टमा जानबाट रोके । 

मोड्रिच-रकिटिचबीच २३.९४ प्रतिशत पास 

क्रोएसियालाई पहिलो पटक उपाधिको दाबेदार बनाउने क्रममा उसका अनुभवी खेलाडी लुका मोड्रिच र इभान रकिटिचले प्लेमेकरको भूमिका निभाए। टिमको कुल पास (३,३६५) को २३.९४ प्रतिशत पास यिनै दुवै मिलेर गरे । 


क्रोएसियाले यस विश्वकपमा १२ गोल गरेको छ । जसमा मोड्रिच, रकिटिच, पेरिसिच र मान्जुकिचले मिलेर ७ गोल गरे ।  गोलकिपर डेनियल सुबासिचले ५ खेलमा ७५ प्रतिशत गोल बचाएका छन् । उनले दुई पेनल्टी सुट आउटमा पनि २-२ पटक गोललाई पोस्टमा जानबाट जोगाए । 

बेल्जियमको गल्ती 

क्वार्टर फाइनलसम्म आफ्ना सबै खेल जितेको बेल्जियम सेमिफाइनलमा लड्खडाएको देखियो । लगातार २४ खेल जितेको बेल्जियमका खेलाडी फ्रान्सविरुद्ध सुरुबाटै लड्खडाएका थिए । रोमेलु लुकाकू र केभिन डी ब्रुइनले आफ्नो सटलाई गोलमा परिणत गर्न चुके । 

फ्रान्सले पहिलो गोल गरेपछि तुरुन्त आफ्नो पोजिसन फेर्‍यो । उसले दुई फरवार्ड राखिरह्यो तर चार मिडफिल्डरको स्थानमा ३ गरेर सेन्टर ब्याकमा एक डिफेन्डर बढाइदियो । 

इङ्ग्ल्यान्डको गल्ती

समूह चरण र नकआउटको पहिलो दुई भिडन्तमा इङ्ग्ल्यान्डका कप्तान ह्यारी केन फरवार्डका रूपमा खेले । तर सेमिफाइनलमा उनी मिडफिल्डमा खेलेको देखियो । यसले इङ्ग्ल्यान्डको लय बिग्रिन पुग्यो । 

अर्कातिर क्रोएसियाले यस्तो गल्ती गरे । उसले मैदानमा नियमित अन्तरालमा आफ्नो खेलाडीको पोजिसन परिवर्तन गरिरह्यो । उसका कप्तान लुका मोड्रिच कहिले डिफेन्सिभव मिडफिल्डर त कहिले स्ट्राइकरको भूमिकामा खेलिरहे । यसको फाइदा उससलाई खेलमा जितको रुपमा मिल्यो । 

क्रोएसियाले पछिल्ला तीन खेल अतिरिक्त समयमा जितेको छ। तर फ्रान्सले सबै खेल नियमित समयमै आफ्नो पक्षमा पार्यो । रेकर्ड हेर्ने हो भने उपाधि भिडन्तमा फ्रान्स बलियो देखिन्छ । यस विश्वकपमा फ्रान्सले सबै खेल नियमित समयमै जितेको छ । अर्कातिर क्रोएसियाले नकआउटका बसै खेल अतिरिक्त समयमा पुगेर जित्यो । 

यस्तो छ इतिहास

दुवैबीच विश्वकपमा अहिलेसम्म (१९९८8, सेमिफाइनल) मा भेट भएको थियो । त्यो खेलमा फ्रान्स २-१ ले विजयी भयो । अन्तरराष्ट्रिय भेटमा दुवै टिम ५ पटक आमने सामने भएका छन् । जसमा फ्रान्सले सुरुवाती ३ खेल (१९९८, १९९९ र २०००) मा जीत हासिल गर्यो । तर अन्य २ खेल (२००४ र २०११) मा दुवै टोलीले बराबरी खेलेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.