स्पेनमा फुटबल खेलेर फर्किएका चेलीहरुसँग उपराष्ट्रपति

स्पेनमा फुटबल खेलेर फर्किएका चेलीहरुसँग उपराष्ट्रपति

काठमाडौँ: स्पेनमा फुटबल खेलेर फर्किएका चेलीहरुले आइतवार उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेटेका छन् । मुगुका १४ वर्ष मुनिका किशोरीहरुलाई उपराष्ट्रपति कार्यालयमा पुनले स्वागत गरेका हुन् । भेटका क्रममा किशोरीहरुले स्पेनसम्मको यात्राका रोचक अनुभूति सुनाए । 

किशोरीहरुका कुरा सुनेपछि उपराष्ट्रपति पुनले अन्धविश्वासमा नलागी पढाई अघि बढाउन आग्रह गरे । 'स्पेनमा नेपाली झण्डा फहराउनु भएकोमा धन्यवाद ! पढाई नछाड्नु होला, अन्धविश्वास नमान्नु होला ।'

जुलाई १ देखि ७ सम्म स्पेनको सान्सेबास्टियान भएको ‘डोनोष्टि कपमा सहभागिता जनाएर नेपाली किशोरीहरु फर्किएका हुन् । स्पेनमा ३३ देशबाट ६ सय ३० टिम सहभागीमध्ये टिम राराका १७ किशोरीले पनि प्रतिस्पर्धा गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.