विश्वकप उपाधि भिडन्तः क्रोएसियाविरुद्ध फ्रान्सको अग्रता
काठमाडौँः विश्वकप फुटबल प्रतियोगिता अन्तरगत आइतबार राति भइरहेको फाइनल भिडन्तमा क्रोएसियाविरुद्ध फ्रान्सले अग्रता बनाएको छ । खेलको १७ औँ मिनेटमा डी बक्स बाहिर पाएको फ्रि किक बललाई फा्रन्सले गोलमा परिणत गर्न सफल भएको हो ।
फ्रान्सका एन्टोइन ग्रिजमनले प्रहार गरेको फ्रि किक बलले क्रोएसियाका स्ट्राइकर मारियो मान्जुकिजलाई छुँदै जाली चुम्न पुगेको हो ।
खेलमा ५९ प्रतिशत बल पोजेसन बनाउन सफल भए पनि क्रोएसियाले गोल खाएको हो । फा्रन्स ३ पटक विश्वकपको फाइनलमा पुगिसकेको छ भने क्रोएसियाले पहिलो पटक फाइनल खेल्दैछ ।