भिएआरले क्रोएसियाविरुद्ध पेनाल्टी, फेरि फ्रान्सको अग्रता
काठमाडौँः विश्वकप फुटबल प्रतियोगिता अन्तरगत फ्रान्सले भिडियो एसिस्टेन्स रेफ्री (भिएआर) को आधारमा पेनाल्टी पाएको छ । खेलको ३७ औँ मिनेटमा फ्रान्सका लागि एन्टोइन ग्रिजमनले पेनाल्टीबाट गोल गर्दै अग्रता २–१ बनाएका हुन् ।
डि बक्स भित्र क्रोएसियाका खेलाडीले हेन्ड गरेपछि अर्जेन्टाइन रेफ्री पिटानाले भीएआरको सहयोग लिएका थिए । भीएआरको सहयोगमा हेन्ड भएको देखिएपछि फ्रान्सले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै अग्रता २–१ बनाएको हो ।
यसअघि १७ औँ मिनेटमा फ्रान्सले फ्रिकिकबाट गोल गरेको थियो भने २८ औँ मिनेटमा क्रोएसियाका पेरिसिकले सुन्दर गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।