विश्वकप फाइनलमा गोल बर्षा, फ्रान्स ४, क्रोएसिया २
काठमाडौँः विश्कप फुटबल प्रतियोगिता अन्तरगत मस्कोमा भइरहेको फाइनल भिडन्तमा फ्रान्सले क्रोएसियाविरुद्ध ४–२ गोलको अग्रता बनाएको छ ।
पहिलो हाफमा २ गोल गरेको फ्रान्सले दोस्रो हाफमा २ गोल थप्दै अग्रता ४–२ मा पुर्याएको हो । क्रोएसियाले पनि फ्रान्सविरुद्ध पहिलो र दोस्रो हाफमा १–१ गोल गर्न सफल भएको हो ।
फाइनल भिडन्तमा दुवै टिमले आक्रमक हुँदै एकअर्काविरुद्ध उत्रिरहेका छन् । यस्तोमा फा्रन्स २ गोलले अगाडि छ ।