विश्व च्याम्पियन फ्रान्सले जित्यो ४ अर्ब १५ करोड

विश्व च्याम्पियन फ्रान्सले जित्यो ४ अर्ब १५ करोड

काठमाडौँ: दोस्रो पटक विश्वकप जित्ने क्रममा फ्रान्सले ३८ मिलियन डलर (करिब अर्ब १५ करोड रूपैयाँ) नगद पुरस्कार हात पारेको छ । 

फाइनलमा पराजित भएको क्रोएसियाले २८ मिलियन डलर (३ अर्ब ५ करोड रुपैयाँ) जितेको छ । प्रतियोगिताका जम्मा ३२ टिमलार्इ फिफाले ४०० मिलियन डलर (४६ अर्ब ६३ करोड रुपैयाँ) दिइएको छ। 

तेस्रो भएको बेल्जियमले पुरस्कारस्वरूप २४ मिलियन डलर (२ अर्ब ६१ करोड रुपैयाँ) र चौथो नम्बरमा रहेको इङ्ग्ल्यान्डलार्इ २२ मिलियन डलर (२ अर्ब ४० करोड रूपैयाँ) मिलेको छ। 

क्वार्टर फाइनलमा हारेका उरुग्वे, ब्राजिल, स्वीडेन र रूसको भागमा १६-१६ मिलियन डलर (एक अर्ब ७५ करोड रुपैयाँ) परेको छ । 

अर्कातिर प्रिक्वार्टर फाइनलमा हारेका अर्जेन्टिना, पोर्चुगल, डेनमार्क, स्पेन, मेक्सिको, जापान, स्विट्जरल्यान्ड र कोलम्बियाको टिमलार्इ १२-१२ मिलियन डलर (१ अर्ब ३० करोड रूपैयाँ) दिइएको छ । 

यसका अलावा ग्रुप स्टेजबाट बाहिरिएका टिमलार्इ पनि ८-८ मिलियन डलर (करिब ८८ करोड रुपैयाँ) नगद दिइएको छ । विश्वकपका लागि छनोट भएका हरेक टिमलार्इ १.५ मिलियन डलर (करिब १६ करोड ३७ लाख रुपैयाँ) तयारीका लागि दिइएको थियो । फिफाले क्लब बेनिफिट प्रोग्राममार्फत् खेलाडीलार्इ विश्वकपका लागि क्लबबाट रिलिज गराएकोमा सदस्य देशलार्इ २०९ मिलियन डलर (२२ अर्ब ५० करोड रूपैयाँ) दिएको थियो । 

क्रिकेट विश्वकपसँग तुलना गर्ने हो भने फुटबल विश्वकप जित्दा ३९ गुणा धेरै रकम विजेता टिमलार्इ दिइयो । क्रिकेट विश्वकपमा सन् २०१५ मा १ करोड डलर (करिब एक अर्ब ९ करोड रूपैयाँ) पुरस्कार दिइएको थियो ।

सन् २०१५ मा रग्बी विश्वकपमा जितेको न्युजील्यान्डको टिमलार्इ ४१ करोड रूपैयाँ ४१ लाख रुपैयाँ मिलेको थियो ।  एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.