विश्वकपको 'फेयर प्ले अवार्ड' स्पेनलार्इ
मस्को : रुस विश्वकपमा फेयर प्ले (अनुशासित टोली) को पुरस्कार स्पेनले जितेको छ । सन् २०१० को विजेता स्पेन प्रिक्वार्टरफाइनलमा आयोजक रुससँग टाइब्रेकरमा ४-३ गोलले पराजित भएका थियो । दोस्रो चरणको खेलमा स्पेनले अनुशासित छवि बनाएका कारण उसलाई फेयर प्ले उपाधि प्रदान गरिएको हो ।
निर्धारित समयमा १-१ गोलको बराबरीमा रोकिएको स्पेनले टाइब्रेकरमा नमीठो हार खेपेको थियो । समूहगत चरणमा भने स्पेनले पोर्चुगलसँग ३-३ तथा मोरक्कोसँग २-२ गोलको बराबरी खेलेको थियो भने एसियाली टोली इरानलाई १-० गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो ।
यसैगरी घरेलु टोली रुसले साउदी अरेबियालाई ५-० र इजिप्टलाई ३-१ गोलले पराजित गरेको थियो भने उरुग्वेविरुद्धको खेलमा ३-० ले पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस !
८