विश्वकप जिताएपछि फ्रान्सका प्रशिक्षकले के भने ?
यो संसारकै उत्कृष्ट युवा टोली हो । यसका कुनै सदस्य १९ वर्षमै च्याम्पियन बनेका छन् । यो मेरो कारणले भएको विजय होइन । ती युवा खेलाडीले आजको खेल जिते । हामीले धेरै खेल खेलेनौं तर, स्तरीय खेल पस्कियौं र चार गोल गर्न सफल भयौं । विगत ५५ दिनमा हामीले धेरै कुरा गर्यौं ।
खेलाडीमा एकता ल्यायौं । संगठित खेल पस्किन सिक्यौं । सामूहिक काम गर्न निकै गाह्रो हुन्छ । हामीले हाम्रो यात्रामा कठिन पलहरूको सामना गर्दै अगाडि बढ्यौं ।
दुई वर्षअघि युरोपियन च्याम्पियनसिपको उपाधि गुमाउँदा निकै दुःखी भएका थियौं । तर, हामी दुःखी भएर मात्र बसेनौं । त्यो हारबाट सिक्दै नयाँ यात्राको थालनी गर्र्यैाँ । जसकै परिणाम आज हामी दोस्रो पटक विश्वकप ट्रफी उचाल्न सफल भएका छौं । फ्रेन्च हुनुमा हामीलाई गर्व छ ।
—डिडियर डेसच्याम्पस, फ्रान्सका प्रशिक्षक
प्रतिक्रिया दिनुहोस !
८