नाच जोगाउन वाद्य सामग्री वितरण

नाच जोगाउन वाद्य सामग्री वितरण

काठमाडौं : सिन्धुली कमलाखोजका दनुवार समुदायले नाच्दै आएको ६ सय वर्ष पुरानो ‘बड्की नाच’ दुई दशक यताबाट संकटमा थियो । त्यो नाचलाई अब स्थानीय दनुवार समुदायले संरक्षणसँगै प्रस्तुत गर्न थालेका छन् ।

यसै क्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानले बड्की नाचलाई प्रोत्साहित गर्न कमलामाई नगरपालिका-१४, चन्दनपुरका बड्की नाचका कलाकारलाई विभिन्न वाद्यसामग्री प्रदान गरेको छ।

प्रज्ञाप्रतिष्ठानको नृत्य विभागका संयोजक एवं प्राज्ञ परिषद् सदस्य रमेशरञ्जन झाको संयोजकत्वमा वाद्यसामग्री प्रदान गरिएको हो । नाचका लागि आवश्यक तबला, मादल, नाचका लागि आवश्यक घुँघरुलगायतका सामग्री प्रदान गरिएको हो ।

नाच समूहका प्रमुख पल्टु कुँवरसहित नाच टोलीलाई जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख शंकर बर्मा, उपप्रमुख सम्झना अधिकारी दनुवार, नाट्य विभाग प्रमुख रमेशरञ्जन झाले वाद्यसामग्री संयुक्त रूपमा हस्तान्तरण गरे ।

पल्टुसहित बिल्टा कुँवर, रानी अधिकारी, रक्षा कुँवर, बेचना धामी, गोरे अधिकारी, काशीलाल धामी, शर्पा कुँवर, कन्या थारू, गेन्मा कँवर र विश्वनाथ कुँवरको नाच टोलीले दुई घन्टा बड्की नाच प्रस्तुत गरेको थियो । लामो समयपछि प्रस्तुत गरिएको कृष्ण चरित्रमा आधारित यो नाच स्थानीय अग्रजदेखि नयाँ पुस्तासम्मले रुचाएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख सम्झना अधिकारी दनुवारले अब चाँडै सो क्षेत्रमा दनुवार संग्रहालय स्थापना गर्ने बताइन् । उनले बड्की नाच लोप हुन नदिन नयाँ पुस्तालाई सिकाउनुपर्ने सुझाव दिइन् ।

जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख शंकर बर्माले बाल्यकालमा आफूले देखेको नाच लामो समयपछि दनुवार समुदायले पुनः नाचेको देख्न पाउँदा खुसी लागेको बताए । यो नाच संरक्षण गर्न आवश्यक भएकाले सम्बन्धित कलाकारलाई प्रशिक्षणसँगै आवश्यक भेषभूषा पनि उपलब्ध गराउने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.