चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने प्रतिनिधिसभाकाे कार्यसूची

चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने प्रतिनिधिसभाकाे कार्यसूची

काठमाडौं :  आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा राष्ट्रिय चिकित्सा विधेयक पेश हुुने भएको छ ।  सांसद गिरिराजमणि पोखरेलले संसदमा राष्ट्रिय चिकित्सा विधयेक २०७५’ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । 

सो अवसरमा  “राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि  सांसद गगन कुमार थापाले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत हुने भएको छ । त्यस्तै  “राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गर्ने  विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूचीमा उल्लेख छ । 

त्यस्तै आजै बस्ने बैठकमा  “बीमा विधेयक, २०७५” लाई प्रस्तुत हुने भएको छ। अर्थमन्त्री डा युवराख खतिवडाले ‘विमा विधेयक २०७५ प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।  

सांसद विन्दा पाण्डेले शारीरिक, महिलामाथि हुने जघन्य अपराध न्यूनिकरण गर्न जनचेतना अभियान चलाई सामाजिक न्याय र समानताको लागि विद्यालय तहका पाठ्यक्रममा नै समावेश गर्न सरकारलाई निर्देशन दिइयोस्” भन्ने विषयको संकल्प प्रस्ताव प्रस्तुत हुने कार्यसूची भएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.