चिकित्सा शिक्षा विधेयक: संसद बैठकमा कांग्रेसको अवरोध

चिकित्सा शिक्षा विधेयक: संसद बैठकमा कांग्रेसको अवरोध

काठमाडौँः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ । सरकारले चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर पेश गर्न लागेको भन्दै कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले बैठक स्थगित गरेका छन् । 

१७ दिनदेखि जुम्लाको खलंगामा अनशनरत प्रा डा. गोविन्द केसीका माग सम्बोधनका लागि पेश गर्न लागिएको यो विधेयक सरकारले ४३ ठाउँमा तोडमोड गरेको आरोप लागेको छ । 

दिउँसो १ बजे बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय चिकित्सा विधेयक पेश हुुने कार्यसूची थियो ।  शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले संसदमा राष्ट्रिय चिकित्सा विधयेक २०७५’ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको थियो । 

“राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि  सांसद गगन कुमार थापाले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत हुने भएको छ । त्यस्तै  “राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गर्ने  विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूचीमा उल्लेख थियो । 

त्यस्तै बैठकमा  “बीमा विधेयक, २०७५” लाई प्रस्तुत हुने कार्यतालिका थियो। अर्थमन्त्री डा युवराख खतिवडाले ‘विमा विधेयक २०७५ प्रस्तुत गर्ने कार्यक्रम तय भएको थियो ।  

सांसद विन्दा पाण्डेले शारीरिक, महिलामाथि हुने जघन्य अपराध न्यूनिकरण गर्न जनचेतना अभियान चलाई सामाजिक न्याय र समानताको लागि विद्यालय तहका पाठ्यक्रममा नै समावेश गर्न सरकारलाई निर्देशन दिइयोस्” भन्ने विषयको संकल्प प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.