नीलकण्ठ उप्रेती भारतका लागि राजदूतमा सिफारिस
काठमाडौँ: सरकारले पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूतमा सिफारिस गरेको छ । तत्कालीन राजदूत दीपकुमार उपाध्यायले प्रतिनिधि सभा निर्वाचनमा उठ्न राजीनामा दिएपछि खाली रहेको भारतका लागि राजदूतमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीको नाम सिफारिस गरेको हो ।
त्यसैगरी मन्त्रिपरिषद् बैठकले मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डेलाई सिफारिस गर्ने निर्णय गरेको पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।