युएईबाट पैसा पठाउँदा नेपाली युवालाई एक किलो सुन उपहार
युएई: रोजगारी गरेर देशमा पैसा पठाए बापत नेपालका नरेन्द्र मगरले यूएईको रेमिट्यान्स कम्पनी अहालिया एक्सचेञ्जबाट एक किलो सुन उपहारस्वरुप पाएका छन् ।
समर प्रमोशन २०१८ नाम दिएको उक्त उपहार योजना मे १६ देखि जुलाई १४ सम्म अहालिय एक्सचेञ्जबाट विभिन्न देशका नागरिकले आफ्नो देशमा पैसा पठाएकामध्येको सूचीबाट छनोट गरिएको थियो। जसमा उक्त उपहार नेपाली नागरिकको पोल्टामा परेको हो ।
जुलाई १५ तारिखमा अहालिया एक्सचेञ्जको अबुधाबीस्थित इलेक्ट्रा शाखामा विजेता घोषणा गरिएको हो । यसका अतिरिक्त समर सरप्राइज कार्यक्रम अन्तर्गत माइक्रोओभन, एलइडी टिभी, घडी, किरिङ, कलम र मग लगायतका अन्य उपहार पनि पाउन सकिने व्यवस्था अहालिया एक्सचेञ्जले गरेको थियो ।
यस्तै उपहार योजना अन्तर्गत २०१३ मा पनि यस्तै उपहार नेपाली नागरिक रामबहादुर थापाले युएई एक लाख दिराम (नेपाली झन्डै तीस लाख ) पाएको एक्सचेञ्जका बिजनेस कोअर्डिनेटर तथा नेपाली म्यानेजर बेनिमाधब ढकालले जानकारी दिए ।स