दुई ताराको मोह

दुई ताराको मोह

मस्को : प्रत्येक पटक विश्वकपको उपाधि जितेपछि टोलीहरूले आफ्नो जर्सीमा एउटा तारा थप्ने गर्छन्। राष्ट्रिय टोलीको जर्सीमा आफ्नो फुटबल संघको लोगोमाथि जतिवटा तारा देखिन्छ, त्यो देशले सम्बन्धित प्रतियोगिताबाट त्यति नै उपाधि जितेको संकेत गर्छ। त्यसैले जर्सीमा तारा थप्नु खेलाडी वा तिनका समर्थकका लागि पनि खुसीको कुरा हो। आइतबार सम्पन्न विश्वकपमा उपाधि जितेपछि फ्रान्सको जर्सीमा पनि एउटा अर्को तारा थपिने भएको छ।

सन् १९९८ र सन् २०१८ मा गरी दुई विश्वकप जितेको फ्रान्सले अब आफ्नो जर्सीमा दुईवटा तारा राख्ने छ। आगामी दिनमा फ्रान्सले त्यही दुई तारा भएको जर्सी प्रयोग गर्नेछ। विश्वकप जितेको खुसीमा रमाइरहेका फ्रान्सेलीहरू र तिनका समर्थक दुई तारा भएको जर्सी किन्न आतुर देखिएका छन्। यस्तै आतुर देखिएका छन्, टोलीका मुख्य स्ट्राइकर एन्टोइन ग्रिजम्यान पनि।

ग्रिजम्यानले दुई तारा भएको फ्रान्सको जर्सी आफूले नै सबैभन्दा पहिले किन्ने घोषणासमेत गरेका छन्। आइतबार भएको फाइनलमा ग्रिजम्यानकै कारण दुई गोल सम्भव हुँदा फ्रान्सले क्रोएसियालाई ४-२ ले पराजित गर्दै उपाधि जितेको थियो। उनले प्रहार गरेको फ्रिकिकमा क्रोएसियाका मारियो मान्जुकिचबाट आत्मघाती गोल भएको थियो भने उनले पेनाल्टी प्रहारमा अर्को गोल थपेका थिए।

आफ्नै योगदानमा टोलीले विश्वकप जित्दा उनी अझ खुसी देखिएका हुन्। ‘म निक्कै खुसी छु। हामीले विश्वकपको उपाधि जितेका छौं। यो समय म टोलीका अन्य साथी र फ्रान्सेली जनातासँग खुसी मनाउन चाहन्छु’, ग्रिजम्यानले फिफाको अनलाइनसँग भनेका छन्, ‘एउटा कुरा के निश्चित छ भने फ्रान्सको दुई तारा भएको जर्सी सबैभन्दा पहिले मैले नै किन्ने छु।’

ग्रिजम्यान विश्वकपको उपाधि लिएर टोलीका अन्य सदस्यसँगै सोमबार पेरिस फर्किएका छन्। ग्रिजम्यानले यसअघि पनि ठूला प्रतियोगितामा फ्रान्सका लागि महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्। सन् २०१६ मा फ्रान्स आफैंले आयोजना गरेको युरोकपमा टोलीलाई फाइनलसम्म पुर्‍याउन पनि ग्रिजम्यानले उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यसबेला उनी प्रतियोगिताकै सर्वाधिक गोलकर्ता पनि बनेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.