ट्रम्प-पुटिन वार्ता : सम्बन्ध सुमधुर बनाउने प्रतिबद्धता

ट्रम्प-पुटिन वार्ता : सम्बन्ध सुमधुर बनाउने प्रतिबद्धता

हेलसिन्की : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सुमधुर सम्बन्ध बनाउने जानकारी दिएका छन् । सोमबार हेलसिन्कीमा भएको द्विपक्षीय वार्तामा दुवै नेताले यस्तो बताएका हुन् । हुने भएको छ ।

शिखर वार्ताका बेला अमेरिकी राष्ट्रपति ट्रम्पले रूससँग असाभारण सम्बन्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । यसैगरी पुटिनले पनि दुनियाँभर देखिएका विवाद आपसी सहमतिमा समाधान गरिने जानकारी दिएका छन् । पुटिनसँग भेटवार्ताका लागि ट्रम्प फिनल्यान्ड आइपुगेका हुन् । हालैको युरोपको उतारचढावपूर्ण भ्रमणपछि उनी पुटिनलाई भेट्न यहाँ आएका हुन् । वार्ताका क्रममा ट्रम्पले भने, ‘अमेरिका र रूस मिलेर अघि बढेका थिएनन् । अब संसारले हामीले एकसाथ देख्न चाहेको छ ।’ रूसी राष्ट्रपति पुटिनले पनि अन्तर्राष्ट्रिय विवादमा ट्रम्पसँग सम्पर्क बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । दुवै देशका नेता मिलेर अन्तर्राष्ट्रिय समस्या र संवेदनशील विषयमा छलफल गर्ने पुटिनको भनाइ छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूससँगको सम्बन्ध बिगार्न अमेरिकी फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) जिम्मेवार भएको बताएका छन् । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग बैठक गर्नुपूर्व उनको यस्तो धारणा सार्वजनिक भएको हो । एफबीआईकै कारण दुई देशबीचको सम्बन्धमा अनावश्यक तनाव सिर्जना भएको उनले आरोप पनि लगाए । अमेरिकाका विशेष अभियोजक रबर्ट मुलरको अनुसन्धान उद्धृत गर्दै ट्रम्पले ट्विट गरे, ‘रूससँग हाम्रो सम्बन्ध कहिल्यै पनि यति खराब थिएन । अनुसन्धानको नाममा अमेरिकी मूर्खता र बेवकुफीका कारण यो भएको छ ।’ गत साता मुलरले सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनका क्रममा डोनाल्ड ट्रम्पकी प्रतिद्वन्द्वी हिलारी क्लिन्टन र उनको डेमोक्र्याटिक पार्टीको कम्प्युटर सर्भर ह्याक भएको दाबी गरेका थिए । उक्त ह्याकमा रूसको हात रहेको मुलरको दाबी छ । यसका लागि १२ जना रूसी गुप्तचर अधिकारी सक्रिय भएको उनको आरोप छ । यो सबै जानकारी ट्रम्पलाई भएको हल्ला हुने गरेको छ । यसै विषयमा ट्रम्पले रूसको विरोध गर्नुपर्ने डेमोक्र्याटको माग छ । हेलसिन्कीमा भइरहेको सम्मेलनमा ट्रम्पले रूसी हस्तक्षेपका बारेमा मुद्दा उठाउन उनीहरूले दबाब दिँदै आएका छन् ।

नेटो कहिल्यै बलियो हुँदैन : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) कहिल्यै बलियो संगठनका रूपमा स्थापित नहुने बताएका छन् । उनले भने, ‘नेटो संगठन कहिल्यै बलियो पनि हुँदैन र एकीकृत संगठनको रूपमा पनि काम गर्न सक्दैन ।’ सोमबार बिहानको खाजा खाने क्रममा फिनल्यान्डका राष्ट्रपति सउली निनिस्टोसँग भएको कुराकानीमा ट्रम्पले यस्तो धारणा राखेका हुन् ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न राष्ट्रपति ट्रम्प सोमबार हेलसिन्की आइपुगेका छन् । त्यसै क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनीहरूबीचको भेटवार्तालाई विश्वका सञ्चारमाध्यमले पनि निकै प्रचार गरिरहेका छन् । युरोप भ्रमणबाटै पछ्याइरहेका मिडियाले यहाँ राष्ट्रपति ट्रम्पका हरेक क्रियाकलापमा निकै चासो दिएका छन् । राष्ट्रपति ट्रम्पले हालैमात्र गरेको युरोपको उतारचढावपूर्ण भ्रमणपछि पुटिनलाई भेट्न उनी यहाँ आइपुगेका हुन् । यस उच्चस्तरीय वार्ताबाट हालैका दिनमा यी दुई देशबीच विकसित राजनीतिक असमझदारीहरूका बारेमा व्यापक मात्रामा छलफल हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.