डिसहोमको व्यवस्थापनमा सिम टीभी

डिसहोमको व्यवस्थापनमा सिम टीभी

काठमाडौं : डिस मिडिया नेटवर्क लिमिटेडको व्यवस्थापनमा सिम्पल मिडिया नेटवर्क प्रालि (सिम टीभी) रहने भएको छ। दुई कम्पनीले एउटै व्यवस्थापनमा रहेर सेवा विस्तार गर्ने भएका छन्। यसका लागि शनिबार दुई कम्पनीका सञ्चालक समितिको संयुक्त बैठकले सिम टीभी डिस मिडिया नेटवर्क लिमिटेडले किन्ने गरी निर्णय लिएको हो। डिस मिडिया नेटवर्कले सिम टीभीलाई एक करोडभन्दा बढी रकममा खरिद गरेको स्रोतले जनाएको छ।

योसँगै सिम टीभीको सम्पूर्ण व्यवस्थापन डिस मिडियाअन्तर्गत रहेर सञ्चालनमा आउने डिस मिडिया नेटवर्कका जनरल म्यानेजर कल्यान अधिकारीले बताए। उनका अनुसार डिस मिडियाले सिम टीभीलाई खरिद गरेको भए पनि यी दुई संस्था अहिलेकै स्वरूपमा अघि बढ्नेछन्। ‘सिम टीभी र डिसहोम मर्ज भए पनि टेक्नोलाजी मर्ज हुने छैन’, उनले भने, ‘डिसहोम स्याटलाइट र सिम टीभी केबलमा आधारित छ। यी दुई अहिले जुन अवस्थामा छन्, त्यही अवस्थामा अघि बढ्नेछन्।’ यस खरिद सम्झौताअन्तर्गतको सेयर खरिद प्रक्रिया भने नसकिएको भन्दै अधिकारले निकट भविष्यमै सम्पन्न हुने बताए।

अधिकारीका अनुसार कम्पनीले इन्टरनेट सेवा समेत उपलब्ध गराउने उद्देश्यका साथ सिम टीभीलाई खरिद गरेको हो। सिम टीभी खरिद गरी कम्पनीले अन्य आईएसपीजस्तै इन्टरनेटका साथै टीभी पनि उपलब्ध गराउने योजना बनाएको छ। त्यसका लागि अबको केही समयमा कम्पनीले ग्राहकलाई इन्टरनेट सेवा पनि उपलब्ध गराउनेछ। यसका साथै कम्पनीले स्याटलाइट प्रविधिमार्फत सबै ग्राहकमा पुग्न कठिन भएकाले वायरमा आधारित सेवालाई पनि अघि बढाउने योजना बनाएको हो। कम्पनीले पहिलो चरणमा सिम टीभीको सेवालाई विस्तार गर्नुका साथै ग्राहक केन्द्रित बनाउने उल्लेख छ। अधिकारीका अनुसार सिम टीभीका अहिले झन्डै डेढ लाख ग्राहक छन्। उनीहरूलाई कम्पनीले जुन रूपमा सेवा उपलब्ध गराउँदै आएको छ त्यो निरन्तर रहनेछ। त्यसमा सेवा थप हुनेछ। डिस मिडियामा आएसँगै सिम टीभीका ग्राहकले अबको तीन महिनाभित्रै थप च्यानल, सेवामा सहजता र आधुनिक प्रविधिको प्रयोग गर्न पाउनेछन्। त्यसका लागि कम्पनीले लोकल च्यानल अपरेटरलाई साथमा लिएर अधि बढ्ने जनाएको छ।

अधिकारीका अनुसार कम्पनीले सेवा विस्तारका क्रममा लोकल अपरेटरलाई उनीहरूको लगानीको प्रतिफल मिल्ने गरी काम गर्ने बताए। उनीहरूको सेवामा समेत परिवर्तन गर्ने गरी डिस मिडियाले काम गर्ने उल्लेख गरिएको छ। अधिकारीका अनुसार सिम टीभीलाई खरिद गरेसँगै यसका ग्राहकले उत्कृष्ट सेवाको अनुभव प्रदान गर्नेछ। कम्पनीले केही समयभित्रै रिचार्ज कार्ड पनि एउटै बनाउन, च्यानल प्याकेजमा हेरफेर गर्ने, डिसहोमका च्यानललाई पनि सिम टीभीका ग्राहकलाई उपलब्ध गराउनेछ।

सिम टीभीका प्रमुख कार्यकारी अधिकृत ज्याकी शाहका अनुसार डिस मिडियाले खरिद गरेपछि टीभी अझ धेरै ग्राहक तथा लोकल केबल अपरेटरको पहँुचमा पुग्ने बताए। उनले अहिले जुन रूपमा दुई कम्पनीले सेवा दिइरहेका छन् त्यसरी नै अबको दिनमा पनि सेवा उपलब्ध हुने भएकाले ग्राहकलाई कुनै असर नपर्ने बताए। उनले नयाँ प्रविधिको प्रयोग, आक्रामक बजार विस्तार, पूर्ण डिजिटाइजेसन र चुस्त व्यवस्थापनले ग्राहक लाभान्वित भएको बताए।

सन् २००९ मा स्थापना भएको डिस मिडिया नेटवर्क लिमिटेड नेपालको पे टीभी उद्योगमा काम गरिरहेको कम्पनी हो। २०७४ असार १८ गते बाट कम्पनी पब्लिक कम्पनीको रूपमा रुपान्तरण भइसकेको छ। कम्पनीले निकट भविष्यमा सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारी गरिरहको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.