विश्वकपको ५ करोड ६० लाख आम्दानी एम्बाप्पेले दान गर्ने

विश्वकपको ५ करोड ६० लाख आम्दानी एम्बाप्पेले दान गर्ने

पेरिस: फ्रान्सका स्ट्राइकर केलियन एम्बाप्पेले विश्वकपमा भएको सबै कमाई एक च्यारिटी संस्थालार्इ दान गर्ने निर्णय गरेका छन् । योङ्ग प्लेयर अफ द विश्वकपको उपाधि जितेका एम्बाप्पेले पुरै प्रतियोगितामा चार गोल गरेर उपाधि जिताउन अहम् भूमिका खेले । 

एम्बाप्पेले विश्व कपमा करिब ५ करोड ६० लाख रूपैयाँ आम्दानी गरेका थिए । यस आम्दानीलार्इ उनले अस्पतालमा उपचाररत र  अपाङ्गता भएका बालबालिकालार्इ दान गर्ने भएका हुन् । यो रकम उनले च्यारिटी संस्था प्रिमियर्स डी कोर्डीलार्इ दिनेछन् जसले खेलसँग सम्बन्धित सामान सित्तैमा उपलब्ध गराउँछ । 

विश्वकपमा एम्बाप्पेको आम्दानी

प्रतिखेल शुल्क: २४ लाख ८६ हजार रूपैयाँ 
७ खेलबाट जम्मा आम्दानी: १ करोड ७३ लाख रूपैयाँ
फ्रान्स विजेता बन्दा बोनस: ३ करोड ८८ लाख रूपैयाँ
विश्व कपबाट कुल आम्दानी: ५ करोड ६० लाख रूपैयाँ 
(स्पोर्ट्स इलस्ट्रेटेड म्यागजिनका अनुसार)

बालबालिकाका प्यारा 

फ्रान्सको पत्रिका एल इक्विपीका अनुसार च्यारिटी संस्था ‘प्रिमियर्स डी कोर्डी’ अपाङ्गता भएका बालबालिकालार्इ सघाउनुका साथै स्कुल र व्यवसायका लागि अक्षमता जागरूकता अभियान पनि चलाउँछ । एम्बाप्पेले आफ्ना सहयोगीसँग सल्लाह गरेपछि विश्व कपबाट भएको आम्दानी यसै संस्थालार्इ दिने निर्णय गरेका हुन् । 

एम्बाप्पेको यस घोषणापछि संस्थाका जनरल म्यानेजर सबस्टियन रफिनले भने, 'केलियन एम्बाप्पे व्यस्त समयमा पनि हाम्रा लागि खुशी हुँदै समय निकाल्छन् । बालबालिकासँग उनको सम्बन्ध अत्यन्तै राम्रो छ । उनी बच्चालार्इ प्रोत्साहित गर्न हमेसा सही शब्दको प्रयोग गर्छन् । उनी बच्चाहरूसँग खेल्न पनि धेरै मन पराउँछन् ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.