आलमका निधनमा शोक प्रस्ताव

आलमका निधनमा शोक प्रस्ताव

काठमाडौं : राष्ट्रियसभाको आजको बैठकले संविधानसभाका पूर्वसदस्य मोहम्मद मुस्तक आलमको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ। 

नेपाल कम्युनिस्ट पार्टीका सदस्य एवं पूर्वराज्यमन्त्री आलमको ५३ वर्षका उमेरमा यही असार २९ गते हृदयरोगका कारण बाँसबारीस्थित गंगालाल अस्पतालमा निधन भएको थियो। उनी २०७० सालमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का तर्फबाट रौतहट क्षेत्र नं २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। 

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सनाले शोक प्रस्ताव पढेर सुनाए। साथै आलमको निधनमा एक मिनेट मौनधारण पनि गरिएको थियो।

राष्ट्रियसभाको अर्काे बैठक यही साउन ८ गते बिहान ११ बजे बस्नेछ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.