एसनसेलले गर्यो सेवाशुल्क समायोजन
काठमाडौं : एनसेल प्राइभेट लिमिटेडले मंगलबारबाट सेवाशुल्क समायोजन गरेको छ। सरकारले गरेको सेवाशुल्कको परिमार्जन अनुरुप एनसेलले सेवाशुल्क समायोजन गरेको हो।
नयाँ करको दर कार्यान्वयन गर्ने क्रममा एनसेलले विभिन्न सेवामा लाग्दै आएको कर अघिको मूल्यमा कुनै परिवर्तन गरेको छैन। साथै डेटा तथा भ्वाइस सेवामा आफ्ना ग्राहकलाई सुलभ रुपमा थप मूल्यप्रदान गर्न कम्पनीले नयाँ योजना पनि सार्वजनिक गरेको छ।
सेवाशुल्कमा भएको परिमार्जन लागु गर्ने क्रममा एनसेलले सम्पूर्ण सेवाको मूल्य कर बाहेकको दरमा ग्राहकलाई सेवाशुल्क लाग्ने बताएको छ। यो मंगलबारबाट लागु भएको छ।
नेपाल सरकारले समसामयिक कर असुली ऐन अन्तर्गत गरेको आदेश तथा आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यमा गरेको घोषणामा भ्वाइस तथा अन्य दुरसञ्चार सेवामा लाग्दै आएको ११ प्रतिशत दुरसञ्चार सेवाशुल्कलाई १३ प्रतिशत कायम गरेको र इन्टरनेट सेवामा पनि १३ प्रतिशत सेवाशुल्क लगाएको थियो।
एनसेलले साउत १ देखि ९० दिनको लागि लागु हुने गरी ल्याएको नयाँ योजनामा ग्राहकलाई थप डेटासहितको दैनिक, तीन दिने, साप्ताहिक र मासिकडेटा प्याक ल्याएको छ। त्यस्तै भ्वाइस सेवामा थप टक टाइम प्रदान गर्दै कम्पनीले विभिन्न अनलिमिटेड भ्वाइस प्याक सुविधा ल्याएको छ। आवश्यकता अनुसार जुनसुकै सुविधा लिन सकिनेछ।
‘एनसेलले नेपालको नियम तथा कानुनको सदैव सम्मानतथापालनागर्दछ। साथै डेटा तथा भ्वाइस सेवामा ल्याइएको नयाँ योजनाले ग्राहकलाई सुलभ दरमा थप मुल्यप्रदा नगर्ने हाम्रो प्रतिबद्घतालाई थपउजागर गर्दछ,’ एनसेलका प्रमुख कमर्सियल अधिकृत एन्डी चोङ्गले भने।
नयाँडेटा योजनाअन्तर्गत एनसेलले आफ्ना ग्राहकलाई शुल्कको थप मुल्य प्रदान गर्ने गरी आकर्षक प्याक ल्याएको छ। दैनिक प्याकमा ग्राहकले मात्र ९ मा ३५ एमबी डेटा खरिद गर्न सक्ने र त्यसमा थप ३५ एमबीको फोरजी डेटा भल्युम बोनस स्वरु पनि शुल्क प्राप्त गर्नेछन्।
ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी दिइएको डेटा प्याकमध्ये कुनै पनि विकल्प रोजी सहजै आफनो आवश्यकता बमोजिमको कुनै पनि डेटा प्याक सुचारु गर्न सक्छन्। साथै भ्वाइस प्याकलिनका लागि एस्ट्रिक्स १७११८ ह्यास डायल गरी वा १७११८ मा डायल गरेर निर्देशन अनुसार आफ्नो आवश्यकता अनुरुपको कुनै पनि प्याक सुचारु गर्न सकिन्छ।
नयाँ सेवाशुल्क लागू हुँदा मुल्यमा पर्ने असरलाई केही कम गर्न एनसेलले एसएमएस प्याक, अन्तर्राष्ट्रिय रोमिङ्ग र रोमिङ्ग प्याक, बिजप्लान र एनसेल कोसेली सेवाको कर अगाडिको शुल्क घटाएको छ।
लोकल कलमा लाग्दै आएको कर बाहेकको दर १.९९ प्रतिमिनेटमा कुनै परिवर्तन गरिएको छैन। त्यसैगरी एसएमएस, डेटा सेवा अन्तर्गतको पे एज यु गो, सापटी तथा पोष्टपेड सेवाको प्याकको कर अघिको शुल्कमा पनि कुनै परिवर्तन गरिएको छैन।