साउनको पहिलो दिन आठ अंकले घट्यो शेयर बजार

साउनको पहिलो दिन आठ अंकले घट्यो शेयर बजार

काठमाडौंः आइतबार र सोमबार उकालो लागेको शेयर बजार मंगलबार आठ अंकले ओरालो लागेको छ । 

नेपाल स्टक एक्सचेञ्जकाअनुसार शेयर बजार मापक नेप्से परिसूचक ८.०५ अंकले घटेर एक हजार २०४ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक १.५८ विन्दुले घटेर २५३.६२ विन्दुमा आइपुगेको छ । 

कूल १५२ कम्पनीको पाँच लाख १४ हजार १६१ कित्ता शेयर २० करोड ६० लाख ८८ हजार १३१ मूल्यमा खरिद बिक्री भएको छ । 

स्टककाअनुसार मंगलबार तीन उपसमूहको शेयर बढेको छ,भने आठ उपसमूहको शेयर घटेको छ । व्यापार २.७९, वित्त ३.७३ र अन्य समूह ४.९५ विन्दुले बढेको छ । 

यस्तै बैंकिङ ४.७७, होटल ५३.११, विकास बैंक ८.१, जलविद्युत् ३९.२५, निर्जीवन बीमा ८७.६७, उत्पादन ३५.६६, माइक्रोफाइनान्स १३.३२ र बीमा समूह ७४.११ बिन्दुले घटेको छ ।  रासस 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.