हिन्दुराष्ट्र फर्काउन राप्रपाको जनजागरण अभियान
काठमाडौंः राप्रपाले हिन्दुराष्ट्र पुनस्र्थापनाका लागि राष्ट्रिय जनजागरण अभियानको सुरु गर्ने भएको छ । साउन २ गतेदेखि अभियान काठमाडौंबाट सुरु गर्न लागिएको राप्रपाले जनाएको छ । अभियानको बालसन्त जगदगुरु मोहनशरण आचार्य सहित धार्मिक गुरूहरु, अभियान्ताहरुबाट शुभारम्भ हुने राप्रपाले जनाएको छ ।
पार्टीको गत जेठमा सम्पन्न केन्द्रीय परिषदको निर्णय अनुसार पार्टीले राष्ट्रव्यापी जनजागरण अभियानको थालनी गर्न लागेको हो । राप्रपाले हिन्दुराष्ट्र पुनस्र्थापनाका लागि देशव्यापी जनदबाब सिर्जना गर्न र जनमत बनाउन ‘हिन्दुराष्ट्र पुनस्र्थापनाका लागि राष्ट्रिय जनजागरण अभियान’ गर्न लागेको पार्टीका सह–प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।