गृहमन्त्री थापा र बेलायती राजदूतबीच भेटवार्ता

गृहमन्त्री थापा र बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि बेलायतती  राजदूत रिचार्ड मोरिसले शिष्टाचार भेटवार्ता गरेका छन्। गृहमन्त्रालयमा भएको भेटमा नेपाल–बेलायत द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको छ।

भेटमा गृहमन्त्री थापाले नेपालको विविध क्षेत्रको विकासमा बेलायतले गर्दै आएको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे । गृहमन्त्री थापाले बेलायती सेनामा कार्यरत नेपालीका केही समस्या रहेको सुनिएको भन्दै सो बारे चासो व्यक्त गरेका छन्।

राजदूत मोरिसले नेपाल–बेलायत सम्बन्धको चर्चा गर्दै नेपालले तिव्र रुपमा विकास गरोस भन्ने आफूहरुले चाहेको बताए। उनले नेपालमा बेलायती लगानी भित्र्याउन आफूले सक्दो पहल गर्ने उनको भनाइ छ।

राजदूत मोरिसे विपद् व्यवस्थापन, सुरक्षा निकायको तामिल र उपकरण लगायतका क्षेत्रमा गृह मन्त्रालयसँग समन्वय गरेर काम गर्न आफूहरु तयार रहेको बताए ।

भेटमा पछिल्लो समय गृह मन्त्रालयले सुरु गरेको राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाको नियमनका विषयमा समेत छलफल भएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.