पर्वतमा पहिरो : पाँच घर बगायो, पाँच जना बेपत्ता

पर्वतमा पहिरो : पाँच घर बगायो, पाँच जना बेपत्ता

पर्वत :  पर्वतको जलजला गाउँपालिका– ८ मा  पहिरोले क्षति पुर्‍याएको छ । पहिरोले पाँच घर बगाएको छ भने करिब पाँच जना सम्पर्कविहीन भएको बुझिएको छ । प्रहरीका अनुसार  राति १ बजेको समयमा लस्ती बेर्नेटा वनबाट आएको पहिरोले बम बहादुर परियारको घर बगाउँदा उनका छोरा विकास परियार बेपत्ता भएका छन् । 

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रवीनन्द्रकुमार श्रेष्ठले पहिरोले घर बगाउनुका साथै केही मानिस सम्पर्कविहीन भएको जानकारी दिए । ‘पहिरो पन्छाउँदै हामी घटनास्थल पुगीरहेका छौं’ उनले भने,‘विस्तृत विवरण केहीबेरमा आउँला ।’  विस्तृत  विवरण अाउन बाँकी रहेकाे छ । 

त्यस्तै पहिरोले  जलजला गाउपालिका –७ धाईरिङ बास्कोटका भीमलाल आचार्यको घर भत्किदाँ आचार्य सहित ६ जना घाइते भएका छन् । घाइतेहरूको ढाड भाचिएको, टाउको फुटेको अवस्थामा रहको प्रहरीले जनाएको छ । त्यस्तै पहिरोले ६ वटा पशु चौपाया समेत बगाएको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.