तीन वर्षपछि टोलीमा फर्किए सुवास खकुरेल

तीन वर्षपछि टोलीमा फर्किए सुवास खकुरेल

काठमाडौं : प्रारम्भिक ब्याट्सम्यान सुवास खकुरेल झन्डै तीन वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका छन् । सुवास नेपाली राष्ट्रिय टोलीले लन्र्ड्समा खेल्न लागेको त्रिपक्षीय टीट्वेन्टी मैत्रीपूर्ण शृंखला र त्यसलगत्तै हुने तय भएको नेपालको पहिलो एक दिवसीय शृंखलाका लागि राष्ट्रिय टोलीमा छनोट भएका हुन् ।

नेपालले यही जुलाईको २९ तारिख लर्ड्समा नेदरल्यान्ड्स र मेरिलेवन क्रिकेट क्लब सम्मिलित टिट्वेन्टी शृंखला खेल्दै छ । त्यसलगत्तै अगस्टको १ तारिख र ३ तारिख नेदरल्यान्ड्ससँग उसकै मैदानमा दुईवटा एकदिवसीय शृंखला खेल्दै छ । नेपाल र नेदरल्यान्ड्स दुवैका लागि यो पहिलो एकदिवसीय खेल हुनेछ ।

यी दुवै टोलीले यसै वर्ष एकदिवसीय टोलीको मान्यता प्राप्त गरेका हुन् । नेपालले गत मार्चमा जिम्बावेमा भएको एकदिवसीय विश्वकपको अन्तिम छनोट प्रतियोगितामार्फत एक दिवसीय टोलीको मान्यता पक्का गरेको हो । नेदरल्यान्ड्सले भने त्यसअघि नै सन् २०१५ देखि २०१८ सम्म जारी विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेर एकदिवसीय टोलीको हैसियत प्राप्त गरेको थियो।

त्यसलगत्तै दुवै टोलीले एकअर्काविरुद्ध आफ्नो पहिलो एकदिवसीय शृंखला तय गरेका हुन् । यही प्रतियोगिताका लागि सुवासले पुनः राष्ट्रिय टोलीमा आफूलाई फर्काउन सफल भएका हुन् । नेपाली क्रिकेटमा अहिलेसम्मकै उत्कृष्ट प्रारम्भिक ब्याट्सम्यानको रूपमा चिनिएका सुवास सन् २०१५ को नोभेम्बरमा विश्व क्रिकेट लिगअन्तर्गत नेपालमै भएको पपुवान्युगिनीसँगको खेलपश्चात् राष्ट्रिय टोलीबाट बाहिर रहँदै आएका थिए ।

बारम्बार चोटग्रस्त बनेका सुवास गत मेमा काठमाडौंमा भएको प्रधानमन्त्री कपमा सशक्त प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा फर्कन सफल भएका हुन् । उनी टोलीमा नहँुदा नेपालको प्रारम्भिक ब्याटिङ नै कमजोर देखिँदै आएको छ ।

त्यसैले उनको अनुपस्थितिमा नेपालको प्रारम्भिक ब्याटिङ बलियो हुने अपेक्षा गरिएको छ । टोलीमा नेपालले पछिल्लो पटक खेलेको विश्वकप छनोट प्रतियोगितामा समावेश दिलीपनाथ टोलीबाट बाहिरिएका छन् भने अन्य खेलाडीहरूमा पुरानै अनुहार दोहोरिएका छन् । टोलीका अन्य सदस्यहरूमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल शाह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषावकर र सोमपाल कामी रहेका छन् ।

विनोद भण्डारी, सुनील धमला, सुशन भारी र प्रदीप ऐरी वैकल्पिक खेलाडीमा परेका छन् । नेपाली टोली लर्ड्सको मैत्रीपूर्ण खेलका लागि बिहीबार त्यसतर्फ प्रस्थान गर्नेछ । सोही प्रतियोगितापछि नेपाली टोली आफ्नो पहिलो एकदिवसीय शृंखला खेल्न नेदरल्यान्ड्सतर्फ लाग्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.