दूतावासका साना परियोजना तहमार्फत

दूतावासका साना परियोजना तहमार्फत

काठमाडौं : नेपालस्थित भारतीय दूतावासले साना विकास परियोजनाका नाममा नेपाल भित्र गर्दै आएको लगानी सम्बन्धित ठाँउको नगरपालिका तथा गाउँपालिकाले तोक्ने भएको छ । यसअघि भारतीय दूतावासले नेपालमा स्वेच्छाले पाँच करोडसम्मको परियोजनामा लगानी गर्दै आएको थियो ।

भारत सरकारको सहायतामा सञ्चालित परियोजनाहरूका लागि प्राप्त हुने रकम संघीय सञ्चित कोषमा प्राप्त गरी संविधान अनुसार सर्शत अनुदानका रूपमा सम्बन्धित स्थानीय तहमा पठाउने निर्णय सरकारले गरेको छ । विगतमा जिल्ला विकास समितिमार्फत परियोजनाहरू कार्यान्वयन हुने गरेकोमा हाल जिल्ला विकास समितिको अस्तित्व नरहेकाले नगरपालिका तथा गााँउपालिकामार्फत् परियोजना सञ्चालन गर्ने निर्णय भएको हो ।

भारतीय दूतावासले सञ्चालन गर्ने परियोजना सञ्चालन गर्न दिने÷नदिने विषयमा अर्थ मन्त्रालयले यकिन गरी त्यसै अनुरुपको जानकारी भारतीय दूतावासमार्फत् भारत सरकारलाई दिने प्रधानमन्त्रीका प्रेस सल्लाकार डा.कुन्दन अर्यालले जानकारी दिए ।

‘साना विकास परियोजनामा नेपाल–भारत सरकारबीच सहमति भएपछि कार्यान्वयनका लागि नेपाल–भारत सरकारबीच वित्तीय सम्झौंता हुन्छ । त्यही आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित स्थानीय तहका बीच परियोजना कार्यान्वयन सम्झौता हुने प्रावधान छ’, डा. अर्यालले अन्न्पूर्णसँग भने ।

नेपालको संविधानमा नै वैदेशिक सहायताका परियोजना संघीय सरकारमार्फत् मात्र हुने प्रवधान रहेकाले दूतवासको परियोजना पनि संघीय सरकारमार्फत् हुने व्यवस्था गरिएको छ । भारत सरकारको अनुदान, सहायतामा साना विकास परियोजनाको कार्यान्वयन स्थानीय निकाय तथा गैरसरकारी संस्थामार्फत् गर्ने गरी २०६० कात्तिकमा सूर्यबहादुर थापा प्रधानमन्त्री भएका बेला नेपाल र भारतबीच सम्झौता भएको थियो ।

सुरुमा दुई करोडका परियोजना भारतीय दूतावासलाई सञ्चालन गर्न दिने सम्झौता भएकोमा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले पाँच करोड सम्मका साना विकास परियोजना सञ्चालन अनुमति दिएको थियो ।

दूतावासबाट सिधै गरिने लगानीको नेपालमा विरोध हुँदै आएको थियो । डा. अर्यालले भने, ‘सरकारले गरेको निर्णय अनुसार अब दूतावासले परियोजनाको वार्षिक प्रगति प्रतिवेदन र कार्यसम्पादन प्रतिवेदन नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् अर्थ मन्त्रालयलाई उपलब्ध गराउनु पर्ने छ ।’

अर्थ मन्त्रालयले सहमति प्रदान गर्न बाँकी दूतावासका पुराना परियोजना भने नयाँ परियोजनाका रुपमा अगाडी बढाउने निर्णय भएको अर्यालले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.