मृतक लामिछानेका परिवारलाई आर्थिक सहयोग
जिके दंगाली
रोजगारीको सिसलसिलामा युएई गएका बन्दिपुर ५, थुम्का भन्ज्याङ्ग तनहुँका लामिछानेको परिवारलाई आर्थिक सहयोग पठाएको उनले जानकारी दिए । आर्थिक अभियानका संयोजक हिरालाल श्रेष्ठले दिएको जानकारी अनुसार एनआरएनए यूएईका अध्यक्ष रमेश श्रेष्ठ तथा नेपाल पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष भुपराज बस्यालको उपस्थितिमा मृतक गणेश लामिछानेका नातेदार कृष्ण लामिछानेलाई १ लाख ४६ हजार ८१६ रुपैयाँ हस्तान्तरण गरिएको हो ।
सन् २०१४ मा रोजगारीको सिलसिलामा युएई आएका लामिछाने टेकमार्ट जेबल अली कम्पनी दुबईमा कार्यरत थिए । सडक पार गर्ने क्रममा १५ जुन २०१८ शुक्रबार रातको समयमा तिब्र गतिमा आएको गाडी ले ठक्कर दिदा दुर्घटनामा परि उनको मृत्यु भएको थियो ।
अविवाहित लामिछानेको घरमा सुस्त मनिस्थितिका एकजना दाजु र एकजना १४ वर्षको भाइ रहेका छन् र दुई दिदीबहिनी विवाह भई ँघरको जिम्मेवारी सम्हालेका गणेशको नै मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ ।
तनहुँ समाजका संयोजक श्रेष्ठले कम्पनीको पहल र दुतावासको सहकार्यमा मृतकको शव जुन २७ मा नेपला फार्काइएको थियो ।