प्रहरी निरीक्षकविरुद्ध काठ तस्करीको उजुरी

प्रहरी निरीक्षकविरुद्ध काठ तस्करीको उजुरी

डोटी : डोटीको वीपीनगर ईलाका प्रहरी कार्यालयका इन्चार्जविरुद्ध काठ तस्करीको उजुरी दर्ता भएको छ। काठ तस्करीमा प्रहरी निरीक्षक नृपबहादुर बोहराको संलग्नता रहेको दावीसहित स्थानीयबासीले इलाका वन कार्यालय वीपीनगरमा मंगलबार उजुरी दर्ता गरेका हुन्।

जिल्ला वन कार्यालय डोटीका सहायक वन अधिकृत सुरेश रोकायले दर्ता भएको उजुरीका सम्बन्धमा अध्ययन भइरहेको बताए। ‘प्रमाणित भएमा बोहरालाई अवैध रुपमा काठ ओसारपसार सम्बन्धी कसुरमा कारबाही हुन्छ, ठहर भएमा बिगो जफत गरी दोब्बर जरिवाना हुन्छ’, उनले भने।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले घटनाको बारेमा विस्तृत जानकारी नभएको बताए। उनले भने ‘घटनाको बारेमा अध्ययन गर्छौँ। गल्ती गरेको प्रमाणित भए नियमानुसार विभागीय कारवाही हुन्छ।'  

प्रहरी निरीक्षक नृपबहादुर बोहराले आफूविरुद्ध स्थानीयवासीले उजुरी दर्ता गरे पनि घटनामा आफ्नो संलग्नता नभएको बताएका छन्। 'घटनामा मेरो संलग्नता छैन', प्रहरी निरीक्षक बोहराको भने।

प्रहरी कार्यालय घेराउ

प्रहरी इन्चार्ज नै काठ चोरीमा संलग्न भएको भन्दै स्थानीयबासीले प्रहरी कार्यालय घेराउ गरेका छन्। स्थानीयवासीले घटनाको छानबिन गर्न माग गर्दै ईलाका प्रहरी कार्यालय वीपीनगरमा धर्ना समेत दिएका हुन्।

आफूहरूले नियन्त्रणमा लिएको ट्र्याक्टरमा रहेको सिसौको काठ प्रहरी निरीक्षक बोहराको संलग्नतामा तस्करी भएको उनीहरूको दावी छ।

सोमबार राति ५३.९ क्यू फिट सिसौको काठ प्रहरी निरीक्षक बोहराको संलग्नतामा तस्करी गरेर बड्डीकेदार गाउँपालिकाको वीपीनगरबाट धनगढीतर्फ लैजाँदै गरेको सूचना पाएपछि स्थानीय यूवाहरूले काठ नियन्त्रणमा लिएको डोटी बडिकेदार गाउँपालिका–१ का भिमबहादुर बोहराले बताए। बोहराका अनुसार काठ चोरी गर्न प्रयोग गरिएको से १ त ५१८९ नम्बरको ट्र्याक्टर समेत स्थानीयले नियन्त्रणमा लिएका छन्।

बोहराले काठ लोड गर्नका लागि समेत प्रहरी कर्मचारी प्रयोग गरेको स्थानीयवासीको दावी छ। बोहोराले काठमाडौंमा घर बनाउँदै गरेको र सिसौका गोलिया घनगढीका मिलमा लगेर चिरान गरी काठमाडौं लैजाने योजनाअनुरुप तस्करी गरेको स्थानीयवासीको आरोप छ।

स्थानीयवासीले नियन्त्रणमा लिएको काठ र ट्र्याक्टरलाई ईलाका वन कार्यालय वीपीनगरले नियन्त्रणमा लिएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.