बसन्तपुरमा चिकित्सकले नारा लगाए : बहुमत दिने जनता, फाइदा लुट्ने माफिया

बसन्तपुरमा चिकित्सकले नारा लगाए : बहुमत दिने जनता, फाइदा लुट्ने माफिया

तस्बिर : सरोज बैजु 

काठमाडौं : १९ दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै बुधबार पनि चिकित्सकले विरोध प्रदर्शन गरेका छन्। बसन्तपुर दरबार क्षेत्रमा चिकित्सकले डा. केसीको जीवन रक्षाको माग गर्दै आन्दोलन गरेका हुन्। उनीहरुले मेडिकल क्षेत्र माफियाको चंगुलमा परेको भन्दै केसीका माग तत्काल बिनासर्त पूरा गर्न सरकारसँग माग गरेका छन्। 

बुधबार नै केसीको समर्थनमा नेपाल चिकित्सक संघले कडा आन्दोलनको घोषणा गरेको छ। केसी पक्ष र सरकारबीच तीन चरणको वार्ता बिफल भएपछि नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गर्दै अस्पतालमा आकष्मिक बाहेकका सबै सेवा ठप्प पार्ने घोषणा गरेको हो। 

संघले केसीको समर्थनमा बिहीबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने घोषणा गरेको हो। केसीले उठाएका मागबारे सरकार गम्भीर नभए देशभर अनिश्चितकालीन हड्तालको चेतावनी पनि दिएको छ। 

संघले केसीको पक्षमा बुधबार मध्यान्ह १२ बजे राजधानीको माइतीघर मण्डलामा प्रदर्शन पनि गर्ने जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.