रुकुममा जीप दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो (अपडेट)

रुकुममा जीप दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो (अपडेट)

रुकुम(पूर्व) : रुकुम (पूर्व)स्थित सिस्ने गाउँपालिका-५ मा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ। सिस्ने गाउँपालिकाको रुकुमकोटबाट साही गाउँपालिकाको धौलापैरा जादै गरेको लु १ ज २५७३ नम्बरको जीप धारपानीमा दुर्घटना भएको हो। घटनास्थलमा चार जनाको मृत्यु भएको थियो। अन्य दुई घाइतेको उद्धारको क्रममा मृत्यु भएको रुकुम पूर्वका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रविनलाल श्रेष्ठले जानकारी दिए।

मृतकहरुको पहिचान हुन सकेको छैन। मृत्यु हुने तीन पुरुष र तीन महिला छन्।  दुर्घटनामा अन्य तीन पुरुष र दुई महिला घाइते छन्। उनीहरुलाई थप उपचारका लागि काठमाडौं लाने तयारी भइरहेको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए।

जीप सडकबाट करिब एक सय मिटर तल खसेको छ। बर्षाको समयमा सडक चिप्लो भएका कारण जीप दुर्घटना भएको अनुमान गरिएको छ। यद्यपी जीप दुर्घटनाको कारण भने खुल्न सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.