भिटोफ नेतृत्वमा राजकुमार थापाको उम्मेद्वारी
काठमाडौं: नेपालको ग्रामिण पर्यटनका अगुवा युवा व्यवसायी राजकुमार थापाले भिटोफ नेपालकोमा नेतृत्वका लागि अध्यक्षमा उम्मेद्वारी दिएका छन्। ए वान एक्सकर्सन टुर्स एण्ड ट्राभल र बल्थली इको हिल रिर्सोटका सञ्चालक समेत रहेका थापा पर्यटनका अगुवा व्यक्तित्वका रुपमा चिनिन्छन्।
दुई कार्यकाल गाँउ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) मा सक्रिय भूमिका निर्वाह गरेका थापा भिटोफका पूर्वमहासचिव समेत हुन्। भिटोफलाई पर्यटनको समुन्नत संस्था बनाउने पहिलो प्राथमिकता लिएका थापाले आगामी कार्यकालका लागि संस्था र गाउँ पर्टनलाई दिगो पर्यटनका रूपमा विकास गर्न आफूले उम्मेद्वारी बताए।
नेपालका हरेक गाउँलाई पर्यटकीय गाउँ बनाउन पहल गर्ने र अहिलेको संघीय स्वरुप अनुसार भिटोफलाई सबै प्रदेशमा विस्तार गर्ने भन्दै उनले भिटोफले हरेक वर्ष गन्तव्य घोषणा गरेका गाउँहरुको संरक्षण गर्न र नयाँ गाउँहरुको पहिचान गर्न आवश्यक पहल चाल्ने उनले बताए।
‘नेपालका हरेक गाउँहरु पर्यटकीय दृष्टिले घुम्न लायक छन् र ती सबै ठाउँसम्म पर्यटक पुर्याउन पहल गर्नु म र मेरो संस्थाको मुख्य कार्यभार हुने थापाले दाबी गरे। सकेसम्म अरूलाई पनि मिलाएर लैजाने भन्दै थापाले सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने बताए। यदि त्यो सम्भव भएन भने स्वभाविक रुपमा निर्वाचन जाने थापाले बताए।
गाँउ पर्यटन प्रर्वदन मञ्च (भिटोफ–नेपाल) ले आगामी साउन १५ गते संस्थाको साधारण सभाबाट नयाँ नेतृत्व छान्नेछ।