मण्डेलाका यी प्रेरणादायी विचार तपाईँको मार्गदर्शन बन्छन्
काठमाडौँ: विश्वकै प्रेरणाका स्रोद दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको बुधबार एक सयौँ जन्म जयन्ती मनाइएको छ। नेल्सन मण्डेलाको जन्म १८ जुलाई १९१८ मा दक्षिण अफ्रिकाको भेजोमा भएको थियो ।
संयुक्त राष्ट्र संघले उनको जन्मदिनलाई 'नेल्सन मण्डेला अन्तरराष्ट्रिय दिवस' का रुपमा मनाउने गरेको छ । मण्डेला फोक्सोको संक्रमणबाट लामो समयदेखि बिरामी थिए । उनको ५ डिसेम्बर २०१३ मा निधन भएको थियो ।
उनले सदैव मानिसको भलाईका लागि काम गरेका थिए । देशमा लोकतन्त्र ल्याउन चलाएको संघर्षका क्रममा उनले आफ्नो अपनीको २७ वर्ष जेलमा काट्नुपरेको थियो । उनी सन् १९९० मा जेलबाट रिहा भए । त्यसपछि मण्डेला दक्षिण अफ्रिकाका राष्ट्रपति र वर्ष १९९४ देखि १९९९ सम्म उनले सत्ता सम्हाले ।
नेल्सनलाई शान्तिका दूत पनि भनिन्छ । नेल्सन मण्डेला विश्वभरका मानिसका लागि प्रेरणाका स्रोत पनि हुन् । उनका विचारले मानिसलाई एक नयाँ दिशा देखाउँछन् । तपाईँ हामीले पनि उनको विचारधारालाई अवलम्बन गर्न सकेमा आफ्नो जीवनमा सफलताको शिखर चुम्न सक्छौँ ।
जीवनमा सफलता हासिल गर्न पढ्नुस मण्डेलाका १० विचार
१. जबसम्म काम गरिँदैन तबसम्म त्यो कुरा असम्भव नै लाग्छ ।
२. बडो गर्वको कुरा कहिल्यै नलड्नु होइन, बरु हरेक पटक लडेर उठ्नु चाहिँ हो ।
३. शिक्षा सबैभन्दा ठुलो हतियार हो, विश्वलाई परिवर्तन गर्न जसको प्रयोग सकिन्छ ।
४. एक राम्रो दिमाग र एक राम्रो दिल सदैव विजयी जोडी हुन् ।
५. तपाईँ कुनै व्यक्तिसँग कुरा गर्दा उसले बुझ्ने भाषाको प्रयोग गर्नु भयो भने उसले बुझ्न सक्छ । तर यदि तपाईँले उसँग उसकै मातृभाषामा कुरा गर्नु भयो भने उसको दिलमा गएर बस्छ ।
६. एक अग्लो पहाड चढिसकेपछि सदैव तपाईँले अर्को पहाडमाथि विजय हासिल गर्न खोज्नुपर्छ ।
७. कुनै पनि मानिसले जन्मदेखि नै रंग, परिस्थिति र उसको धर्मप्रति घृणा लिएर पैदा भएको हुँदैन ।
८. जिन्दगीलाई जिउनका लागि जोश र हिम्मतको खाँचो हुन्छ तर तपाईँले गर्ने सानो या ठुलो कामले कुनै फरक पार्दैन
९. मेरो देशमा मानिस पहिले जेल जान्छन् अनि राष्ट्रपति बन्छन् ।
१०. मैले जानेको कुरा डर नहुनु भनेको सहास पनि नहुनु हो बरु डरमाथि विजय पाउनु साहस हो । बहादुर त्यो होइन जो भयभित हुँदैन, बरु त्यो बहादुर हो जसले भयलाई पनि पराजित गर्छ ।