नेकपाको निर्णय: केसीलाई सुविधासम्पन्न अस्पतालमा उपचार, त्यसपछि वार्ता

नेकपाको निर्णय: केसीलाई सुविधासम्पन्न अस्पतालमा उपचार, त्यसपछि वार्ता

काठमाडौं: जुम्लामा १९ दिनदेखि अनसनरत डा गोविन्द केसीको जीवनरक्षाका लागि तत्कालै सुविधासम्पन्न अस्पतालमा उपचारका लागि ल्याउने निर्णय सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बुधबार राति भएको आकस्मिक बैठकले गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले केसीको जीवन बचाउनका लागि सुविधासम्पन्न अस्पतालमा ल्याएर उपचार गरेपछि उनका मागबारेमा छलफल गर्ने पनि निर्णय गरेको छ।

माग पुरा नभएसम्म डा केसीले अनशन नतोड्ने अवस्था देखिएको निचोड निकाल्दै नेकपाले सबैभन्दा पहिले उनलार्इ सुविधासम्पन्न अस्पताल (राजधानी) मा ल्याएर उपचार गराएपछि उनका मागबारेमा छलफल गर्ने निर्ण भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अन्नपूर्ण अनलाइनलार्इ जानकारी दिए।

'१९ दिनदेखि अनशनरत डा केसीको ताजा अवस्था र उनलार्इ उपचार गर्न सक्ने चिकित्सक तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्थाबारे जानकारी लिएका थियौं,’बैठकपछि अन्नपूर्ण अनलाइनसँग श्रेष्ठले भने, ‘हामीले प्राप्त गरेको जानकारी अनुसार जुम्लामा डा केसीको उपचार असम्भव रहेको छ , त्यसैले नेकपाको बैठकले जीवनरक्षाका लागि भोलि सुविधासम्पन्न अस्पतालमा ल्याएर उपचारपछि मागबारेमा छलफल गर्ने निर्णय भएको छ।’

डा केसीको माग सम्बोधनका लागि अहिले सरकारबाट भइरहेको व्यहार दुर्घटना निम्त्याउने दिशामा गएको भन्दै नेकपा भित्रै आलोचना समेत भइरहेको छ। 

तर बुधबार राति बसेको नेकपाको आकष्मिक बैठकले केसीको उपचार गर्ने र माग सम्बोधन गर्ने विषयमा पहल थाल्ने निर्णय गरेको छ । केसीले माग पुरा नगरेसम्म पछि नहट्ने र सरकारले पहिले माग पुरा गर्ने भन्दा केसीको उपचारलार्इ पहिलो प्राथमिकता दिएपछि भिडन्तको अवस्था उत्पन्न भएको छ । 

केसी पक्षले बुधबारै सरकारले गठन गरेको शिक्षा मन्त्रालयका सचिव खगराज बराल नेतृत्वको टोलीसँग वार्तामा नबस्ने घोषणा गरिसकेको छ । डा केसीले जुम्लाबाटै विज्ञप्ति निकाल्दै संसदमा दर्ता चिकित्सा शिक्षा विधेयक फिर्ता नभएसम्म अब कुनै किसिमको वार्ता हुन नसक्ने जनाइसकेका छन् । 

बालुवाटारमा भएको बैठकमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, पार्टीका प्रवक्ता श्रेष्ठ र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहितका नेता उपस्थित थिए । 

यो बैठकमा सरकारको पनि आलोचना भएको छ । बैठकमा बोल्दै अध्यक्ष प्रचण्ड र नेपालले केसीको स्वास्थ्य नाजुक भइसकेको अवस्थामा सरकारले कुनै कदम नचाल्नुले जटिलता झन् बढ्ने बताएका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.